ओलीलाई कारबाही, माधव नेपाल नेकपाको अध्यक्ष चयन



काठमाडौँ । सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाएको छ ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको निर्णयअनुसार नेता नेपालको नाम अध्यक्षका रुपमा प्रस्ताव गरेका थिए । आजै बसेको समूहको स्थायी कमिटीको बैठकले नेपाललाई केपी ओलीको स्थानमा अध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटीको बैठकले केपी ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने निर्णय गरेलगत्तै नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो । बैठकमा केन्द्रीय सदस्य प्रभु साहले दुईजना अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए । उनले पार्टीमा दुई अध्यक्ष हुँदा नाटकजस्तो भएको भन्दै एउटै अध्यक्षको नेतृत्वमा जनतामा आशाको संचार गर्नुपर्ने बताएका थिए ।

पुष्पकमल दाहाल र माधव नेपालले आलोपालोमा पार्टी चलाउने सहमति भएको यो पक्षका नेताहरुले बताएका छन् । बैठकले पार्टीका नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्वतमा कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

पर्वत । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्

रुपन्देही र बाँकेमा गरी थप सात जना कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु

कांग्रेस संसदीय दलको बैठक बस्दै, विश्वासको मत विफल पार्न सांसदहरुलाई निर्देशन दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।