नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि ४० भन्दा बढी देशद्वारा वेलायतबाट हुने आगमनमा रोक



वेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ र थुप्रै देशले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउन थालेका छन् । अहिलेसम्म ४० वटाभन्दा बढी देशले वेलायतबाट हुने आगमनमा रोक लगाएका छन् ।

युरोपेली सङ्घले एउटा साझा नीति बनाउने विषयमा वार्ता गरिरहेको छ । भाइरसको नयाँ प्रकारबाट सङ्क्रमित बिरामी देखिएपछि स्वीडेनले डेनमार्कबाट गरिने यात्रामा प्रतिबन्ध लगाएको छ । कोरोनाभाइरसको नयाँ प्रकार झन् सङ्क्रामक छ ।

तर थप घातक रहेको प्रमाण फेला परेको छैन । वेलायतको र त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाउने देशहरूको सूची थपिँदै गर्दा विश्व स्वास्थ्य सङ्गठनले त्यसको जोखिमको सन्दर्भबारे ध्यान दिन भनेको छ ।

डब्ल्योएचओका आपत्कालीन मामिला प्रमुख माइक रायनले भाइरसको नयाँ प्रकार महामारीमा हुने विकासको एउटा सामान्य हिस्सा भएको भन्दै त्यो नियन्त्रण बाहिर नरहेको बताएका छन् ।

उनको यो भनाइ ब्रिटिश स्वास्थ्यमन्त्रीको अभिव्यक्तिसँग बाझिएको छ । नयाँ प्रकारको भाइरस रोक्ने प्रयासमा यो महादेशको अधिकांश हिस्साले वेलायतबाट हुने आगमनमाथि प्रतिबन्ध लगाइसकेको छ । फ्रेन्च सरकारले वेलायतबाट आफ्नो देश आउने यात्रु तथा कार्गोमाथि प्रतिबन्ध लगाएको छ जसका कारण ब्रिटेनको डोभर बन्दरगाहका सेवाहरू प्रभावित भएका छन् ।

वेलायतका प्रधानमन्त्री बोरिस जोनसनले व्यापार सेवा पुनः शुरू गर्ने विषयमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँसँग कुराकानी गरिरहेको भन्दै समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

ईयूमा आबद्ध २७ देश कसरी अगाडि बढ्ने भन्ने विषयमा ब्रसल्समा अधिकारीहरूले वार्ता गरिरहेका छन् । भारत, इरान, क्यानडा लगायत अरू थुप्रै मुलुकले पनि वेलायत बाट हुने आगमनमा रोक लगाएका छन् । संयुक्त राज्य अमेरिकाले निर्णय गर्न बाँकी छ ।

तर ब्रिटिश एअरवेज र डेल्टाले न्यूयोर्कको जोन एफ केनेडी विमानस्थल जानका लागि यात्रुहरूले परीक्षण रिपोर्ट नेगेटिभ भएको देखाउनुपर्ने अनिवार्य गरेका छन् ।

साउदी अरब, कुवैत र ओमानले अन्तर्राष्ट्रिय यात्रुका लागि आफ्ना सिमानाहरू पूर्ण रूपमा बन्द गरिदिएका छन् । डेनमार्कका साथै अस्ट्रेलिया, इटली र द नेदरल्यान्ड्समा पनि कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण