विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ६५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ९७ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ६५ लाख ९० हजार १०८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १० हजार ७०७ जना संक्रमितको मृत्यु भएको छ । योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ९१ हजार ६४ पुगेको छ । संक्रमितमध्ये हासम्म ५ करोड ३७ लाख १८ हजार ३८६ जना संक्रमणमुक्त भएका छन् ।
विश्वमा २ करोड ११ लाख ८० हजार भन्दाबढी सक्रिय संक्रमित छन् भने १ लाख ६ हजार ५४४ जना गम्भीर बिरामी छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ८० लाख ६२ हजार ९१३ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १ करोड ५ लाख भन्दाबढी संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २३ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड ३१ हजार ६५९ पुगेको छ ।
संक्रमितमध्ये एक लाख ४५ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९५ लाख ७९ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७२ लाख १३ हजार नाघेको छ भने १ लाख ८६ हजार ३५६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६२ लाख २२ हजार भन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया