विपत्तिकाले विपरीत वुद्धि  !



हरिप्रसाद रिमाल ।

यो सीतारामको वनवासको बेलाको घटना हो । रावणले सीता हर्ने निर्णय गर्यो त ‘मारिचलाई रामलाई भुृलाउन जाउ’ भनेर पठायो । मारिच सुनको मृग बनेर सीतारामको कुटीको अगाडि गएर छुनुमुनु गर्न थाल्यो । त्यो छुकछुके सुनको मृगमा सीताको नजर परिहाल्यो । त्यसलाई देख्नासाथै सीता लोभिइहालिन् र भन्नथालिन्—‘प्राणनाथ हेर्नुहोस् त कति सुन्दर सुनको मृग ! मलाई त त्यसलाई हाम्रो कुटीमा राखेर त्यससङ्ग खेल्ने इच्छाभयो ! त्यसलाई पक्रिएर ल्याइदिउँ न प्रभु ! ।’ अघिपछि सीताले भनेका कुरामा विचार गरेर मात्र अघि बढ्ने राम त्यस दिन सीताको वचन भुईमा झर्न नपाई धनुर्वाण लिएर मृगको पछि लागिहाले । त्यही घटनालाई सम्झिएर नीतिकारले एक श्लोक बनाएका छन् । त्यो यस प्रकार छ ।

असम्भवं हेममृगस्य जन्म तथापि रामो लुलुभे मृगाय ।
प्रायः समापन्नविपत्तिकाले धियोऽपि पुंंसांं मलिना भवन्ति ।।
श्लोकको भावार्थ— सुनको मृग पनि हुन्छ कतै ? हुँदैन । तर सीताले त्यसलाई देखिन् र मन पराइन् सीताले मन पराउँनु त के थियो राम पनि लोभिइहाले र धनुर्वाण लिएर त्यसलाई समात्न दगुरिहाले । ठीकै हो विपत्ति आइलाग्न लागेका बेला बुद्धिमान्हरूको बुद्धि पनि मलिन हुन्छ ।
यो त श्लोकको भावार्थ हो ।

यस श्लोकले के देखाउँछ भने विपत्ति आउन लागेका बेला अतिबुद्धिमान् मनिसको बुृद्धिमा पनि बिर्को लाग्न पुग्छ ।
त्यस बेला सीता सुनको मृगले मात्र लोभिइनन् कि सुनको मृगको पछि लागेर गएका रामको आवाज निकालेर मृगरूपी मारिचले ‘मरे लक्ष्मण मलाई बचाउ’ भनेर रामको स्वर निकालेर कराउनासाथ दाजुलाई ठूलै विपत्ति पर्यो होला जानुहोस् बचाउँनुहोस् भनेर लक्ष्मणलाई अह्राइन् उनले । ‘त्यो राक्षसको छल हुनसक्छ भाउजू न आत्तिनुहोस्’ भन्दा पनि सीताले पत्याइनन् र लक्ष्मणलाई इखालु वचन वाणले हानिन् र राम भए ठाउँमा पठाइन् । लक्ष्मणले पनि लक्ष्मणरेखा बनाएर ‘यो रेखाबाट बाहिर नआउनुहोला’ भनेर गए ।

त्यसै बेला रावण जोगीको भेष गरेर अलग जगाउँदै आयो । सीताको फेरि बुद्धि भ्रष्ट भयो उनले लक्ष्मण रेखा तोडिन् र त्यस रेखाभन्दा बाहिर आएर भिक्षा दिन खोजिन् । रेखा नाघेकाले रावणले उनलाई समातेर रथमा हाल्यो र सुइँकुच्चा ठोक्यो । यसप्रकार विपत आउन थालेपछि बुद्धि बिग्रन्छ जोसुकैको पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक

धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

मलेखु (धादिङ) । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी

कसै न कसैले आँट नगरी यही अवस्थामा देशको विकासले गति लिन सक्दैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा विकासको गति बढाउन नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था

अबको विश्व अर्थतन्त्र भनेको डिजिटल अर्थतन्त्र नै हो

रेखा शर्मा । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको