त्यो क्षण अझ म बढी खुशी हुनेछु



भीम उपाध्याय ।
गाँजाको कसुरमा नेपालका जेलमा कोचिएका ९ हजार कैदी छुटेको दिन मेरा निम्ति हर्ष हुनेछ । गाँजा महाऔषधि हो, वनस्पतिमा औषधिको पनि राजा। शिवलाई चढाईने ५ चिजमा गाँजा नं १ हो, सायद कुनै रोग होला सही तरिकाले गाँजाको उपयोग गर्न सके निको नहुने।
सायद कुनै चिज होला गाँजाबाट नबन्ने ! पहिलो लुगा, पहिलो कागज र पहिलो बाईबल पनि गाँजाको कागजबाट बनेको थियो। पानी जहाजको पर्दा क्यानबास पनि गाँजाको रेशाबाट बनेको थियो।

हाम्रा ऋषिहरू दिव्य बैज्ञानिक थिए, हजारौँ वर्षअघि तिनले पत्ता लगाएका थिए गाँजा । तर पश्चिमा धूर्त ब्यापारी राजनीति अर्थशास्त्री र औषधि ब्यापारीहरूले जानीजानी सुनियोजित तवरले विगत ६ दशकसम्म गाँजालाई खुब दुत्कारे । कमजोर नेपाल तिनकै पछि लाग्न बाध्य भयो। त्यसपछि नेपालीहरूको ब्रेनवास पनि सुरू भयो। एनजिओहरूलाई उचालेर गाँजा कडा लागू पदार्थ हो भन्ने अभियान चलाए। गा‘जाको पक्षमा बोल्नेहरूको खुब मानमर्दन गर्दै गए।

तर गाँजाको अवैध तरिकाले माग बढ्न रोकिएन। नेपालको गाँजा सजिलै युरोपमा तस्करी भएर जादै गर्यो। वार्षिक रू ५० अर्बको गाँजा तस्करी हुने गरेको अनुमान छ। गाँजाको अवैध धन्दा गर्ने ठूलाठालूहरू आजसम्म कोही पक्राउ परेनन् बरू निर्बोध अबोध तामाङका छोराहरू, थारूहरू र यस्तै गरिब युवाहरू एकाध किलोमिटर केही किलो गाँजा ओसारिदिए वापत पक्राउ परे । अहिले ९ हजार त्यस्ता गरिब युवा नेपाल जेलमा कैदी छन् । तिनका परिवारमा कमाउने उमेरका सन्तान जेलमा हुँदा अध्यारो छ अचम्भित छन्, के भयो के गरे हाम्रा नानीहरूले ? तिनले राम्रा वकील राख्न सक्दैनन् । जेलभित्र आजसम्म कोही ठालू गाँजा ब्यापारी परेका छैनन् । नेता, प्रशासक, सुरक्षा अधिकारी, ब्यापारी र ठूला तस्करहरूले कमाउनु कमाएका छन्, त्यो अवैध कमाईले ती शानले जीवन बिताईरहेका, राजनीति गरिरहेका र गाँजाकै बिरोध गरिरहेका छन्। देखिएका धुरन्धर गाँजाबिरोधी ती नै एक नम्बरी हुन् गाँजा अवैध हुँदा कमाई निरन्तर हुने, वैध हुदा कमाई सुक्ने ।

नेपालमा गाँजा त जहाँतही पाईन्छ । आफै उम्रन्छ, नेपालमा गाँजा नपाईने ठाउँ नै छैन । शिव भगवानलाई हजारौँ वर्षदेखि पवित्र गाँजा चढाईन्छ । अनि यस्तो कुरा पनि कडा लागू पदार्थ हुन्छ भनेर नेपाली कसले विश्वास गर्नु!

नेपालमा रू ५ हजारमा पाईने १ केजी गाँजा भारतमा रू १५ लाखसम्ममा बिक्छ, युरोपमा ५० लाखसम्ममा बिक्छ । गुणस्तरीय नेपालको हिमालको गाँजाको मूल्य झन् कति कति ।

गाँजामा करिब ५०० वटा जिवनोपयोगी रसायन पत्ता लागेका छन् । आयुर्वेदको आधार तत्व गाँजा हो तर यही गाँजा अवैध गरेपछि नेपालमा आयुर्वेद धरासायी हुँदै गयो। सिंहदरबार वैद्यखनाले एक दर्जन प्रभावकारी औषधि गाँजाबाट बनाएर प्रभावकारी स्वास्थ्य सेवा गरेको पनि बन्द हुन भयो ।

नेपालका गाँजाको नाम लियो कि हेय दृष्टिले हेर्ने कुसोच विकसित हुँदै गयो, गराईयो, विगत ४ दशकदेखि ! ऋषिहरूको मानवोपयोगी बैज्ञानिक खोजको खिल्ली उडाईयो । तर ऋषिहरू भनेका सनातन बैज्ञानिक हुन्, जबसम्म श्रृष्टि रहन्छ ऋषिज्ञानको सत्यता रहिरहन्छ ।
संयुक्त राष्ट्रसंघले अहिले हाम्रा ऋषिहरूको ज्ञानलाई स्विकारेर मानवतामाथि र हाम्रा पूर्खाहरूमाथि न्याय गरेको छ। ६ दशकदेखि उल्टा हिडेको विश्वलाई गा‘जा ज्ञान उजागर गरेर हाम्रो मान्यता बमोजिम नै सुल्टा हिड्नु ठिक हो भनेको छ।

गाँजाका लाभ बारे पुस्तकै लेख्न सकिन्छ । तर मलाई सबैभन्दा महत्व र चासोको विषय गाँजाको आरोपमा नेपालका जेलमा कोचिएका ती अबोध ९ हजार कैदीको उद्दार हुने समय कहिले होला त्यसमा छ। तिनका आफ्ना ५० हजार परिवारिक सदस्यका घरमा ती छुटेर टुप्लुक्क पुग्दा आउने धपक्क उज्यालोको छ । त्यो अझ क्षण म बढी खुशी हुनेछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा