अमेरिकामा एकैदिन २ लाख १७ हजारमा कोरोना संक्रमण



विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ । एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । हालसम्म विश्वमा १५ लाख ११ हजार ९१५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ लाख ६६ हजार ६३० जना संक्रमित थपिएका छन् ।योसंगै कुल संक्रमितको संख्या ६ करोड ५५ लाख ३६ हजार २६ पुगेको छ । संक्रमितमध्ये ४ करोड ५३ लाख ७६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८६ लाख ४७ हजार ५१३ पुगेको छ । जसमध्ये १ लाख ६ हजार ४९९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ । यस्तै, पछिल्लो समय अमेरिकामा संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुंदै आएको छ । पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको छ ।

एकैदिन थपिएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । हाल संक्रमितको संख्या १ करोड ४५ लाख ३५ हजार १९६ पुगेको छ । संक्रमितमध्ये ८५ लाख ६१ हजार ४२७ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा १ लाख ३९ हजार २२७ जनाको मृत्यु भएको छ । हालसम्म ९५ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९० लाख १६ हजारभन्दा बढी निको भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६४ लाख ८७ हजार ५१६ पुगेको छ भने १ लाख ७५ हजार ३०७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५७ लाख २५ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही