भारतमा ९० लाख ५० हजार संक्रमितमध्ये ८४ लाख ७५ हजार संक्रमणमुक्त



विश्वमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ करोड नाघेको छ । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमणमुक्त भएसँगै हालसम्म ४ करोड १ लाख ४ हजार ७१७ जना संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त हुनेको यो संख्या कुल संक्रमितका आधारमा ६९ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४६ हजारभन्दा बढीमा संक्रमण भएको छ भने १० हजार ९५१ जनाको मृत्यु भएको छ । यससँगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख ७७ हजार ५४२ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ५ करोड ७९ लाख २ हजार ८४१ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६४ लाख २१ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने १ लाख २ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ करोड २२ लाख ७४ हजार ७ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ लाख १ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने १९५१ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमितमध्ये २ लाख ६० हजार २ सय बढीको मृत्यु भएको छ भने ७३ लाख १६ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या ९० लाख ५० हजार नाघेको छ । संक्रमितमध्ये एक लाख ३२ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८४ लाख ७५ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६० लाख २० हजार नाघेको छ भने १ लाख ६८ हजार ६६२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५४ लाख २२ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

  काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग

पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री भन्दा बढ्नबाट रोक्नका राष्ट्रसंघले थाल्यो विश्वव्यापी प्रयास

संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ ।