खोप निर्माणको पछिल्लो अवस्था के छ ?



 – डा. रवीन्द्र पाण्डे | 

अमेरिका र जर्मनीको संयुक्त प्रयासमा कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको फाइजर र बायोंटेक कम्पनीले विश्वका ६ देशका ५३ हजार ५०० मा तेस्रो चरणको क्लिनिकल ट्र्याल गरेको थियो | यो परिक्षणमा ९० % सफलता हासिल गरेपछि अमेरिकी र जर्मनी बैज्ञानिक निकै उत्साहित बनेका छन् |

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, साउथ अफ्रिका र टर्कीमा ४३,५०० जनामा ३ हप्ताको अन्तरमा यो खोपको २ डोज लगाइएको थियो | दोस्रो खोप लगाएको ७ दिनपछि कोरोना भाइरसविरुद्धको एन्टिबोडी देखिएको बिबिसीले जनाएको छ | सुरुमा खोप लगाएका ९४ जना व्यक्तिको अध्ययनबाट यो निष्कर्ष निकालिएको हो | सबै तथ्यांकको विश्लेषण बाँकी रहेकोले यो फाइनल रिपोर्ट नभएको फाइजर र बायोंटेकका अधिकारीले बताएका छन् | सबै रिपोर्ट अध्ययन गरेपछि खोपलाई आबश्यक परिमार्जन गरिने जानकारी दिइएको छ | कम्पनीले डिसेम्बरसम्म आपतकालीन प्रयोगको लागि अनुमति पाउने आशा गरेको छ |
.
फाइजर तथा बायोंटेकले नोभेम्बेरको तेस्रो हप्तासम्म नियामक निकायमा तथ्यांक पेश गर्नेछन | त्यहांबाट प्रमाणित भएपछि मात्र खोपको अभियान सुरु हुन्छ | सुरुमा खोप सानो जनसंख्याको लागि बिभिन्न देशमा पठाइनेछ | त्यो खोप जेष्ठ नागरिक, दीर्घबिरामी, बालबालिका, सुत्केरी, अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलाई दिइनेछ | ठूलो संख्यामा उत्पादन भएपछि मास भ्याक्सिनेसन गरिनेछ |
.
यो खोपले कति लामो समयसम्म काम गर्छ भन्ने कुरा खोप लगाएपछि थाहा हुनेछ | यसले केहि महिना काम गर्न पनि सक्छ, एक बर्ष काम गर्न पनि सक्छ तथा लामो समय काम गर्न पनि सक्छ | यी कम्पनीले घटीमा एक बर्ष खोपले काम गर्ने आशा व्यक्त गरेका छन् | यसको ठूलो मात्रामा उत्पादन, भण्डारण र परिवहनमा केहि कठिनाइ देखिएको छ | यो खोपलाई माइनस असि डिग्री सेन्टिग्रेडको तापक्रममा राख्नुपर्ने हुन्छ |

कोरोना भाइरसको अनुबांशिक कोडलाई मानब शरीरमा खोप लगाएपछि यसले हाम्रो इम्युन प्रणालीलाई तालिम दिन्छ साथै टि सेलमार्फत कोरोना भाइरससंग लड्दछ |

यो बर्षको अन्त्यसम्ममा ५० करोड र २०२१ को अन्त्यसम्म करिब १.३ अर्ब डोज आपूर्ति गर्न सक्षम हुने फाइजर र बायोंटेकले जनाएका छन् | प्रत्येक व्यक्तिलाई दुई डोज आबश्यक पर्नेछ |

यो खोपको साथै अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धानले गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोप, अमेरिकाको मोडेर्ना ल्याबको खोप, चीनका ३ वटा खोप ( सिनोफाम, कान्सिनो, सिनोभ्याक ) पनि अन्तिम चरणमा पुगेका छन् |

रुसको ग्यामेलिया इन्स्टिच्युट र भेक्टर इन्स्टिच्युटले तेस्रो चरणको परिक्षण गरिरहेका छन् | तेस्रो चरणको परिणाम आइनसके पनि चीन र रुसले सिमित संख्यालाई खोप दिइरहेका छन् |

नेपालले पर्याप्त खोप पाउन अझै ५-६ महिना लाग्ने देखिएको छ | त्यो बेलासम्म अनिबार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नु जरुरी छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङस्थित रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण प्रयोगमा नआई थन्कियो

  गण्डकी ।  गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार

वित्तीय स्रोतसमेत घटेपछि प्रदेश र स्थानीय तह घाटामा

काठमाडौँ । विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन

जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको

फौजदारी आरोप लगाएपछि सदनमा जवाफ दिन त पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक सदनमा बोल्न पाउनुपर्ने