अमेरिकामा असमानता



डा. विश्व पौडेल ।
अमेरिकाको प्रतिपरिवार औसत सम्पत्ति ६,९२,००० डलर छ, तर मिडियम अमेरिकीको सम्पत्ति ९७,३०० डलर छ । अर्थात् आधा अमेरिकीहरुसँग ९७,३०० डलर भन्दा कम सम्पत्ति छ ।

चार पाँच वर्ष अघि मात्र प्राध्यापक वाल्टर साइडलले अमेरिकाको असमानता सन १९२० तिरको जस्तो भएको बताएका थिए । उनका अनुसार औसत अमेरिकीको वार्षिक आय भन्दा अमेरिकाको सबैभन्दा धनी मान्छेको सम्पत्ति त्यो बेला १५० गुना बढी थियो (त्यो बेला औसत अमेरिकीको प्रतिव्यक्ती आय ५० हजार डलर भन्दा बिग गेट्स को सम्पत्ति १५० गुना बढी अर्थात ७५ अर्ब डलर थियो)।

उनका अनुसार त्यो असमानता रोमन साम्राज्यको बेलाको सबैभन्दा धनी व्यक्ति क्रासस र औसत रोमन को प्रतिव्यक्ति आयको फरक जस्तै उच्च थियो । यो असमानता अहिले झन् बढेको छ । बेजोसको सम्पत्ति औसत अमेरिकीको वार्षिक आय भन्दा २०० गुना भन्दा बढी छ। नेपालमा बरु सबैभन्दा धनी (बिनोद चौधरी) को सम्पत्ति औसत नेपालीको आय भन्दा १५ लाख गुणा बढी “मात्र“ छ।

बढ्दै गएको असमानता अमेरिकाको लागि अबको सबभन्दा ठूलो समस्या हो । न्युयोर्कका सेठका छोरालाई कसरी विपन्न र किसान अमेरिकीहरुले आफ्नो देखे, त्यो आफ्नो ठाउँमा छ । तर अमेरिकी राष्ट्रपतिलाई चाहिने अबको प्रमुख आर्थिक सल्लाहकार फ्रेंचरअमेरिकी प्राध्यापक इम्यानुएल साएज जस्ता व्यक्ति हुन्, जसले अमेरिकाको असमानतालाई राम्ररी बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय

शेरा दरबारमा मेरो संलग्नता छ भने फाइल खोल भनेको थिएँ, तर हिम्मत गरेनन्ः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरुद्धको लडाइँ

मौसम खराबीका कारण अबको तीन-चार दिन सगरमाथा आरोहण नहुने

काठमाडौँ । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल

प्रधानमन्त्रीको दाबीः हामीले कुरा गरेपछि भारत-पाकिस्तान युद्ध रोकियो

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले कुरा गरेपछि भारत र पाकिस्तानबीचको युद्ध