विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड ४० लाख नाघ्यो
विश्वमा कोरोना भाइरस सङ्क्रमितमध्ये संक्रमणमुक्त हुनेको संख्या ३ करोड ४० लाख नाघेको छ । संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ८३ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ करोड ४० लाख ३२ हजार ५ सय २० पुगेको हो ।
पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख भन्दाबढीमा संक्रमण भएको छ भने ६ हजार भन्दाबढीको मृत्यु भएको छ । यससँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ११ हजार २३६ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ करोड ७३ लाख १७ हजार ४२० पुगेको छ ।
संक्रमितमध्ये १ करोड २० लाख ७३ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८६ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९५ लाख ६७ हजार ५ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ३६ हजार ९ सय बढीको मृत्यु भएको छ भने ६१ लाख ७१ हजार ४ सय भन्दा बढी निको भएका छन् ।
त्यसैगरी, छिमेकी मुलुक भातरमा हालसम्म ८२ लाख ६६ हजार ९ सय भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २३ हजार १ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७६ लाख १ हजार बढी निको भइसकेका छन् ।
ब्राजिलमा कोरोना भाइरस सङ्क्रमित हुनेको संख्या ५५ लाख ५४ हजार नाघेको छ भने १ लाख ६० हजार २७२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ८० हजार ९ सय भन्दा बढी निको भएका छन् ।