विश्वमा तीन करोड ३७ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त



विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म ३ करोड ३७ लाख ४९ हजार ३ सय ७४ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३६ हजार भन्दाबढीमा संक्रमण भएको छ भने ५ हजार भन्दाबढीको मृत्यु भएको छ । यससंगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ५ हजार १९४ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ करोड ६८ लाख ९ हजार २५२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड १८ लाख ५४ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८५ हजार २ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा पुनः संक्रमित र मृतक संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा मात्र कोरोनाका कारण १ हजार ९४६ को मृत्यु भएको छ भने २ लाख २४ हजार १२२ जनामा संक्रमण भएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९४ लाख ७३ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख ३६ हजार बढीको मृत्यु भएको छ भने ६१ लाख ३ हजार ६ सय भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, छिमेकी मुलुक भातरमा हालसम्म ८२ लाख २९ हजार ३ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २२ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७५ लाख ४२ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख ४५ हजार नाघेको छ भने १ लाख ६० हजार १०४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ८० हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया

नेतन्याहूविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पुनः सुरु

गाजा पट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि