‘रअ’ र भारतीय सेनापतिको भ्रमण चीन घेर्ने रणनीति



भरत दाहाल ।
दुई दिनपछि ईण्डियन स्थल सेनाध्यक्ष नेपाली सेनाको मानार्थ सेनापतिको सलामी लिन नेपाल आउँदैछन् । विदेशी सेनापतिलाई आफ्नो सेनापति बनाएर देशका नागरिकहरुलाई विदेशी फौजमा भाडामा प्रयोग गराउने दलालहरुको गुलाम नीति नयाँ होइन । तर ईण्डियाले गरेको भूमी अतिक्रमणको विरोधमा नेपालमा चर्को घृणा फैलिएको र नक्शा विवादपछि संवाद नै बन्द भएको अवस्थामा नक्शाको विवादलाई नेपालले चीनको उक्साहटमा उचालेको आरोप लगाउने व्यक्तिलाई सेनापतिको सलामी खान निम्ता पठाउनुको कारण अर्कै छ ।

अहिले एशियाली देशहरुमा अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्रीहरुले ’कि चीनसँग कि हामीसँग युद्ध मोर्चामा सामेल होऊ, बीचमा बस्न पाईंदैन’ भनेर धम्काउँदै हिंडेका छन् । श्रीलंका, मालदिभ्स, भियतनाम, ईण्डोनेशिया लगायतका देशहरुमा उनीहरुले यही कुरा गरे । नेपालमा अमेरिकीहरुको भ्रमण तालिका नभएको हुनाले अमेरिकीहरुले यहाँका दलालहरुसँग यही कुरा गरेर ईण्डियामार्फत् गराउँदै आएका थिए । चीनका विरुद्धमा एक ठाउँमा उभिनेबारे ओली र मोदीका बीचमा गत अगस्त १५ मैं कुरा सुरु भएको थियो ।

ओली र मोदीका बीचको कुरापछि कर्मचारी र सेनाको तहमा कुराहरु भए । ’रअ’ का प्रमुखको विज्ञापन शैलीको भ्रमण यसैको सार्वजनिक रुपमा जानकारी दिएर चीनलाई सन्देश दिनका लागि मात्र भएको छ । ’रअ’ प्रमुखसँग सारभूत रुपमा २ वटा विषयमा कुरा भएको छ । एउटा विषय हो, अन्तर्राष्ट्रिय ध्रुविकरणमा चीनका विरुद्ध ईण्डो पश्चिमा शिविरमा उभिने र दोश्रो हो, कालापानीलाई अन्तर्राष्ट्रिय सैन्य तालिम केन्द्रका रुपमा परिणत गरेर चीनको सिमानामा अमेरिकन, ईण्डियन र यूरोपियन सेना स्थायी रुपमा बस्ने वातावरण बनाउने ।

’रअ’ का प्रमुख र ईण्डियन सेनापतिको भ्रमण सीमा विवादसँग कतै पनि जोडिएको छैन भन्ने तथ्य ईण्डियन पक्षबाट स्पष्ट पारिसकिएको छ । ’रअ’ का प्रमुख र सेनापतिको भ्रमण दिल्ली वा ओलीको पहलमा भएको होइन । यो अमेरिकी पहलमा भएको हो र अमेरिकी सेनाको निर्देशनमैं यहाँको सेनाले आफ्नो देशमाथि बुट बजारेर बसेको एउटा अपराधीलाई निर्लज्ज रुपमा सलामी दिन तयार भएको हो । यी दलालहरुको यो अपराध यीनीहरु ईण्डो पश्चिमा सैन्य मोर्चामा सामेल भएर चीन र रुसका विरुद्धमा जाने मानसिकताको सन्देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ

मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको

कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक