विश्वमा कोरोना संक्रमणबाट ११ लाख ४२ हजारबढीको मृत्यु,३ करोड ११ लाख संक्रमणमुक्त
काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ११ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार ७२ जना संक्रमणमुक्त भएसंगै ३ करोड ११ लाख ८३ हजार १ सय ४९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ७७ हजार ७५१ संक्रमित थपिएका छन् भने थप ६ हजार ४६४ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभरमा मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार ६७४ पुगेको छ । कोरोना संक्रमितको कुल संख्या ४ करोड १९ लाख ७४ हजार ८३६ पुगेको छ । संक्रमितमध्ये ९६ लाख ४९ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७५ हजार बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८६ लाख ६१ हजार ६ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख २८ हजार ३ सय बढीको मृत्यु भएको छ भने ५६ लाख ५५ हजार भन्दा बढी निको भएका छन् ।
त्यसैगरी छिमेकी मुलुक भातरमा हालसम्म ७७ लाख ५९ हजार ६ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख १७ हजार ३ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ६९ लाख ४६ हजार ३ सय बढी निको भइसकेका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५३ लाख ३२ हजार नाघेको छ भने १ लाख ५५ हजार ९६२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४७ लाख ८५ हजार २ सय भन्दा बढी निको भएका छन् ।