लोकसेवामा प्रश्नको उत्तर लेख्ने तरिका



निरन्तरको सवल अभ्यासले मात्र लेखन सवल बन्दछ । लेखाई भाषाको अन्तिम सिप हो । सुनाई, वोलाई, पढाईको सफल अभ्यासपछि सफल लेखन सिप विकास गर्न सकिन्छ । लेखनको लागि विषयवस्तुको ज्ञान आवश्यक हुन्छ । त्यसपछि विश्लेषण गर्ने क्षमता आवश्यक पर्छ । त्यही विश्लेषणलाई सिर्जनसिलता भनिन्छ । सिर्जनात्मक क्षमताको लागि ज्ञानको दायरा फराकिलो हुनपर्छ । संविधान, कानून र अभ्यासमा आएका विषयको पनि संगती मिलाउन सक्नुपर्छ । यसले हाम्रो व्यवहारलाई दर्शाउँछ । सामन्यतया प्रश्न अनुसार तीन भिन्न भिन्न भागमा मिलाएर प्रश्नको उत्तर लेख्न सकिन्छ । मौलिक उत्तरले सफलताको दूरीलाई नजिक वनाउँछ । उत्तर सकारात्मक पक्षबाट नै लेखिएको हुनुपर्छ ।

प्रश्नले कस्तो उत्तर मागेको हो विचार गर्नुपर्छ । त्यसैले उत्तर लेख्न भन्दा पहिले प्रश्नलाई गहन रुपमा अध्ययन गर्नुपर्छ । कति समय प्राप्त हुन्छ ? कति अंक भार छ ? कसरी लेख्ने ? कति लामो लेख्ने ? कुन कुन कुरा समेट्ने ? आदि विषय तय गर्ने समय हो । यस समयमा उत्तरको खाका परीक्षार्थीको दिमागमा आउँछ । सबै प्रश्नको उत्तर लेख्ने शैली एकै त पक्कै हुँदैन तर पनि उत्तरको विकास गर्ने तरिकाहरु नजिकको हुन सक्छ । परिचय खण्डमा सम्पूर्ण उत्तरको सार लिनु पर्छ । यसमा तथ्य भन्दा पनि सामान्य विषय नै राखिन्छ । परीक्षार्थीले जानेको होइन प्रश्नले मागेको उत्तर लेख्नुपर्छ ।

मानौं यो प्रश्न अठार मिनेटमा लेख्नु पर्ने हो । पाँच र पाँच अंकभारका दिगो विकासको स्रोत होइनको पुष्ट्याई ? र कसरी उपयोग ? गरी दुई प्रश्नहरु छन् । अंकभार बराबर छ । यस प्रश्नको उत्तरका लागि पन्ध्र देखि सोह्र मिनेट निरन्तर लेख्नु पर्दछ । जसमा वाँकी २ मिनेट प्रश्न अध्ययन र उत्तरको निरीक्षण गर्ने समय हो । त्यसैले यस प्रश्नमा भएको एउटा पुच्छ्रे प्रश्नको उत्तर लेख्ने समय ८ मिनेट हुन्छ ।

प्रश्नः विप्रेषण आर्थिक दिगो विकासको स्रोत होइन तर यसलाई कसरी उपयोग गरेमा अर्थतन्त्रमा फाईदा पुर्याउन सकिन्छ ? ५+५ =१०

-परिचय खण्डको अनुच्छेदमा लेख्ने विषयका सन्दर्भमा शीर्षक वाक्य तय गर्नुपर्छ। यो पहिलो वाक्य हो। शीर्षक वाक्यकलाई आधार कारण दिई पुष्ट्याई गर्नुपर्छ । यो दोश्रो वाक्य हो। पुष्ट्याई दिँदा एक भन्दा बढी वाक्यहरु लेख्न सकिन्छ । अनुच्छेदको अन्तिम वाक्यमा अनुच्छेदको सार रहनुपर्छ। यसरी लेख्दा परिचय तीन वा सो भन्दा बढी वाक्यमा परिचय खण्ड लेख्न सकिन्छ । सामन्यतया परिचय खण्डमा छोटा छोटा तीन वाक्यहरु नै उपयुक्त मानिन्छ।

परिचय
बैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको आयबाट गरिवी निवारण र आर्थिक क्रियाकलापमा महत्वपूर्ण योगदान रहेको छ । विश्वको १७२ मुलुकबाट बैदेशिक रोजगारमा रहेका नेपालीले पठाएको विप्रेषणको योगदान GDP को २5% रहेको छ। तसर्थ विप्रेषण आर्थिक बृद्धिको आधार हो, यसको सदुपयोग आर्थिक विकासको मियो हो।

परिचय खण्ड केवल उत्तरको आधार मात्र हो । उत्तर खण्डमा उत्तर पाउने अपेक्षाको साथ अंकभारको आधारमा परीक्षार्थीले प्रश्नले माग गरेको कुरा प्रस्तुत गर्दछन् । यस प्रश्नमा २ वटा पुच्छ्रे प्रश्न रहेका छन् । यी दुबै प्रश्नको अंकभार बराबर छ । त्यसैले उत्तरको लम्बाई र गहिराई बराबर हुन आवश्यक छ। यसको लागि समय पनि बराबर दिनु पर्छ।

उत्तर लेख्दा प्रश्न अनुसार शीर्षक उपशीर्षक बनाएर लेख्न सकेमा मापन गर्न सजिलो हुन्छ । परिचय खण्डको मुख (शीर्षक) वाक्यलाई समर्थन गर्ने गरी लेख्नुपर्छ । सो कुरा पुष्टि गर्न कुनै उदाहारण दिने, विज्ञको भनाई राख्ने, कारण लेख्ने, व्याख्या गर्ने, तथ्य तथ्याङ्कले पुष्ट्याई गर्ने, कसैका भनाईले समर्थन गर्न सकिन्छ। यसरी पुष्ट्याई गर्दा परिचय खण्डको अन्तिम वाक्य वा सोमा भएको सारलाई विर्सनु हुँदैन । सामन्यतया उत्तर खण्ड लेखी पुष्ट्याई गर्दा 5 Es (examples, evidences, explanation, events and experience) राख्न सकिन्छ। उपर्युक्त कुराहरुमध्ये कुनै एक वा सबै लेख्न सकिन्छ। यसरी लेख्दा उत्तरमा कुनै विषय दोहोरिने सम्भावना हटेर जान्छ। प्रस्तुत प्रश्नमा विप्रेषण आर्थिक विकासको दिगो स्रोत होइन र यसको सदुपयोग कसरी गर्न सकिन्छ भन्ने २ प्रश्नहरु रहेका छन् । त्यसैले ५/५ अंकभारमा ८/८ मिनेट समय लिएर लेख्नु पर्ने हुन्छ। थप परिचय खण्ड र निष्कर्ष खण्ड लेख्ने समय यसै समयबाट निकाल्नुपर्ने हुँदा एउटा प्रश्नको उत्तर लेख्दा ६.५ वा ७ मिनेट भन्दा बढी समय लगाउनु हुँदैन।
विप्रेषण आर्थिक विकासको दिगो स्रोत होईन
– नेपालको कुल जनशक्तिको ५७ प्रतिशत सकृय जनशक्ति रहेको छ । जसमा ४७ लाख ९२ हजार कामदार बैदेशिक रोजगारमा रहेको देखिन्छ। बैदेशिक रोजगारबाट विप्रेषण प्राप्त त भएको छ तर देशको विकास तथा पूर्वाधार निर्माणमा सकृय जनशक्ति बाहिर हुनुले भविश्यमा पनि स्रोतको पहिचान गरिरहनु पर्ने बाध्यता हामी सामु रहेको छ।

-नेपालबाट बैदेशिक रोजगारमा जाने जनशक्ति प्रमुख रुपमा (७५.५%) अदक्ष र १.५ प्रतिशत मात्र दक्ष छ। यस्तो जनशक्तिवाट ठूलो मात्रामा विप्रेषण अपेक्षा गर्न सकिँदैन ।

-बैदेशिक रोजगारका लागि श्रम गन्तब्य मुलुकबाट श्रमिक माग कम हुँदै गएकोले बैदेशिक रोजगारकोलागि श्रम स्वीकृति लिनेको संख्या घट्दो छ। गत आ.व. 0.03 प्रतिशतले कम आएको तथ्याङ्क रहेको छ।

-आ.ब. २०७५/०७६ मा विप्रेषण आप्रवाह दर १६.५% रहेकामा आ.व. २०७६/७७ को प्रथम ८ महिनामा सो दर १.८ प्रतिशतमा खुम्चिएको छ यसले तथ्यले विप्रेषण आप्रवाहको बृद्धिमा सुस्तता देखाउँछ।

-विश्व परिवेशमा श्रम बजारलाई हेर्दा निकट भविष्यबाट जनशक्तिको माग क्रमशः घट्दो क्रममा देखिन्छ। हाल महामारीको रुपमा रहेको कोभिड १९ को कारणले विदेशमा काम गर्दै आएका कयौ नेपालीहरुले बैदेशिक रोजगारबाट हात धुनु परेको छ। यसले विप्रेषण नेपालको दिगो विकासको स्रोत नहुने प्रश्ट हुन्छ ।

दोश्रो पुच्छ्रे प्रश्न हेर्दा “विप्रेषणको सदुपयोग” शीर्षक राखेर लेख्न सकिन्छ । किनकी कसरी उपयोग गरेमा अर्थतन्त्रमा फाईदा पुग्छ भन्नु नै सदुपयोग नहो । अतः यस विषयलाई पनि “विप्रेषण आर्थिक विकासको दिगो स्रोत होईन” भन्ने शीर्षक झैं लेख्न सकिने हुनाले यहाँ विश्लेषण गर्न आवश्यक देखिएन।

विप्रेषणको सदुपयोग
विप्रेषणको सदुपयोग
– भविष्यमा माग हुन सक्ने श्रम बजारको आकलन गरी त्यस्ता क्षेत्रमा दक्ष तथा प्राविधिज्ञ जनशक्ति परिचालन गर्न सकेमा विप्रेषणले निरन्तरता पाउन सक्छ।

-कोभिड-१९ ले बैदेशिक रोजगारमा पारेका असरहरुको अध्ययन गरी विदेशमा काम गर्ने जानेहरुलाई सूचना तथा परामर्श, कानूनी सहायता, सिप विकास तथा मनोसामाजिक परामर्श दिने व्यवस्था गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा तथा काम गर्ने वातावरण निर्माण सम्वन्धित देशमा रहेका राजदुतावासमार्फत गर्न सकेमा विप्रेषणले निरन्तरता पाउन सक्छ।

– बित्तिय साक्षरताको माध्ययमबाट नेपालमा भित्रिने विप्रेषणलाई बचत गरी लगानी प्रबद्र्धन गर्न सकेमा दिगो आर्थिक विकासमा सहयोग पुग्दछ ।

– बिदेशमा आर्जन गरेको सानो तथा छरिएर रहेको विप्रेषणलाई सहकारीमार्फत संकलन तथा बचत गरी विदेशबाट फर्केपछि स्वरोजगारमा लगाई अनुभव र सिपको उपयोग सहित उत्पादनशील बनाउन सकिन्छ।

– बिप्रेषणलाई पुर्वाधार निर्माण, सेवामुलक क्षेत्र तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सकेमा दिगो आर्थिक विकासको आधार बन्न सक्छ। यसको देखिने उदाहरण नेपालमा विकास हुँदै गरेको आधुनिक कृषि हो ।

प्रत्येक प्रश्नले निष्कर्षको अपेक्षा गरेको हुन्छ । निष्कर्ष छोटो बोधगम्य तथा सार समेटेको हुनुपर्छ। निष्कर्षमा सामन्यतया परिणाम (Consequences), प्रयोजन (Implication) वा महत्व (Significance) समेटेर तयार पारिन्छ । तर परिचय खण्डको वाक्य जस्ताको तस्तै भने यस खण्डमा राख्नु हुदैन। प्रस्तुत लेखनमा विप्रेषणको सदुपयोगको परिणामलाई निष्कर्षमा लेखिएको छ।

निष्कर्ष
वर्तमानमा प्राप्त विप्रेषणलाई सदुपयोग गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सकेमा आर्थिक वृद्धि हुन्छ भने भविष्यको अन्तर्राष्ट्रिय श्रमबजारको आँकलन गरी दक्ष जनशक्ति उत्पादन गर्न सकेमा विप्रेषणको निरन्तरता रहन्छ । उपर्युक्त दुई कार्यबाट नेपालको सवल, दिगो र प्रभावकारी आर्थिक विकास गर्न सकिन्छ ।

हामीले लेखेको प्रस्तुत प्रश्नको उत्तरको अंशहरु जोडेर हेर्दा उत्तर यस्तो हुन्छ ।
प्रश्न : विप्रेषण आर्थिक दिगो विकासको स्रोत होइन तर यसलाई कसरी उपयोग गरेमा अर्थतन्त्रमा फाईदा पुर्याउन सकिन्छ ? ५ +५ =१०
परिचय
बैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको आयबाट गरिवी निवारण र आर्थिक क्रियाकलापमा महत्वपूर्ण योगदान रहेको छ । विश्वको १७२ मुलुकबाट बैदेशिक रोजगारमा रहेका नेपालीले पठाएको विप्रेषणको योगदान GDP को २5% रहेको छ। तसर्थ विप्रेषण आर्थिक बृद्धिको आधार हो, यसको सदुपयोग आर्थिक विकासको मियो हो।
विप्रेषण आर्थिक विकासको दिगो स्रोत होईन
– नेपालको कुल जनशक्तिको ५७ प्रतिशत सकृय जनशक्ति रहेको छ । जसमा ४७ लाख ९२ हजार कामदार बैदेशिक रोजगारमा रहेको देखिन्छ । बैदेशिक रोजगारबाट विप्रेषण प्राप्त त भएको छ तर देशको विकास तथा पूर्वाधार निर्माणमा सकृय जनशक्ति बाहिर हुनुले भविष्यमा पनि स्रोतको पहिचान गरिरहनु पर्ने बाध्यता हामी सामु रहेको छ ।

-नेपालबाट बैदेशिक रोजगारमा जाने जनशक्ति प्रमुख रुपमा (७५.५%) अदक्ष र १.५ प्रतिशत मात्र दक्ष छ। यस्तो जनशक्तिवाट ठूलो मात्रामा विप्रेषण अपेक्षा गर्न सकिदैन।

– बैदेशिक रोजगारका लागि श्रम गन्तब्य मुलुकबाट श्रमिक माग कम हुँदै गएकोले बैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिनेको संख्या घट्दो छ। गत आ.व. मा 0.3 प्रतिशतले कम आएको तथ्याङ्क रहेको छ ।

– आ.ब. २०७५/०७६ मा विप्रेषण आप्रवाह दर १६.५% रहेकामा आ.व. २०७६/ ७७ को प्रथम ८ महिनामा सो दर १.८ प्रतिशतमा खुम्चिएको छ । यसले तथ्यले विप्रेषण आप्रवाहको बृद्धिमा सुस्तता देखाउँछ ।

– विश्व परिवेशमा श्रम बजारलाई हेर्दा निकट भविष्यबाट जनशक्तिको माग क्रमशः घट्दो क्रममा देखिन्छ। हाल महामारीको रुपमा रहेको कोभिड-१९ को कारणले विदेशमा काम गर्दै आएका कयौ नेपालीहरुले बैदेशिक रोजगारबाट हात धुनु परेको छ। यसले विप्रेषण नेपालको दिगो विकासको स्रोत नहुने प्रष्ट हुन्छ।

विप्रेषणको सदुपयोग
– भविष्यमा माग हुन सक्ने श्रम बजारको आकलन गरी त्यस्ता क्षेत्रमा दक्ष तथा प्राविधिज्ञ जनशक्ति परिचालन गर्न सकेमा विप्रेषणले निरन्तरता पाउन सक्छ ।

– कोभिड-१९ ले बैदेशिक रोजगारमा पारेका असरहरुको अध्ययन गरी विदेशमा काम गर्ने जानेहरुलाई सूचना तथा परामर्श, कानूनी सहायता, सिप विकास तथा मनोसामाजिक परामर्श दिने व्यवस्था गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा तथा काम गर्ने वातावरण निर्माण सम्वन्धित देशमा रहेका राजदुतावासमार्फत गर्न सकेमा विप्रेषणले निरन्तरता पाउन सक्छ।

– बित्तिय साक्षरताको माध्ययमबाट नेपालमा भित्रिने विप्रेषणलाई बचत गरी लगानी प्रबर्द्धन गर्न सकेमा दिगो आर्थिक विकासमा सहयोग पुग्दछ।

– बिदेशमा आर्जन गरेको सानो तथा छरिएर रहेको विप्रेषणलाई सहकारी मार्फत संकलन तथा बचत गरी विदेशबाट फर्केपछि स्वरोजगारमा लगाई अनुभव र सिपको उपयोग सहित उत्पादनशील बनाउन सकिन्छ।

– बिप्रेषणलाई पुर्वाधार निर्माण, सेवामुलक क्षेत्र तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सकेमा दिगो आर्थिक विकासको आधार बन्न सक्छ। यसको देखिने उदाहरण नेपालमा विकास हुँदै गरेको आधुनिक कृषि हो ।

निष्कर्ष
वर्तमानमा प्राप्त विप्रेषणलाई सदुपयोग गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सकेमा आर्थिक वृद्धि हुन्छ भने भविश्यको अन्तर्राष्ट्रिय श्रमबजारको आँकलन गरी दक्ष जनशक्ति उत्पादन गर्न सकेमा विप्रेषणको निरन्तरता रहन्छ। उपर्युक्त दुई कार्यबाट नेपालको सवल, दिगो र प्रभावकारी आर्थिक विकास गर्न सकिन्छ।

यो मेरो आफ्नो अध्ययन र अनुभवको प्रतिबिम्ब हो।
निलकण्ठ ढकाल
इजलास अधिकृत
उच्च अदालत पाटन

सफलताका बाटाहरु-लोक सेवा विशेष 

लोक सेवा आयोगका परीक्षामा सफल प्रतिस्पर्धी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार