भारतमा ७४ लाख कोरोना संक्रमितमध्ये ६६ लाख संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ९८ लाख ८४ हजार ४ सय ६३ जना संक्रमणमुक्त भएका छन् । विश्वमा हालसम्म ३ करोड ९९ लाख ४५ हजार २२४ जना संक्रमित भएका छन् ।

यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १४ हजार ५७८ पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ८९ लाख ४६ हजार १ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७१ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८३ लाख ४२ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ५४ लाख ३२ हजार १ सय भन्दाबढी निको भएका छन् भने २ लाख २४ हजार २ सयबढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् भने १ लाख १४ हजार ६४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५२ लाख २४ हजार ३६२ पुगेको छ भने १ लाख ५३ हजार ६९० जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४६ लाख ३५ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण सात सय २७ जनाको मृत्यु भइसकेको छ भने एक लाख २९ हजार मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८९ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको सहयोगमा संचालित परियोजनामा भइरहेको ढिलाईप्रति अर्थमन्त्री महतको चासो

  काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास

भूकम्पपीडितलाई अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम

समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

शरद शर्मा, काठमाडौं । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालतको आज फैसला आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश