कोरोना कहरमा सरकारले जनताको जीवनमाथि खेलवाड गर्योः सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । शुक्रबार सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझ्दै सभापति देउवाले गरिब जनतालाई निःशुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आरोप लगाएका हुन् ।

त्यस्तै उनले कोरोना नियन्त्रणका लागि खरिद गरिएको सामग्रीदेखि दाताले दिएको सहयोगमा पनि सरकारले भ्रष्टाचार गरेको आरोप लगाए । सभापति देउवाले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको बताए ।

अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको उनको आरोप छ। सरकारले आवश्यकताअनुसार तत्काल भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको बताए । जनताका पक्षमा सरकारले काम नगरे संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए । उनले दसैंलगत्तै संसद बैठक बोलाएर सरकारलाई जनताका पक्षमा काम गर्न बाध्य बनाइछाड्ने बताए ।

कोरोना अनुगमन समितिका संयोजकत्व तथा सहमहामन्त्री डा. प्रकाशशरण महतले कोभिड १९ अनुगमन समितिको प्रतिवेदन सभापतिलाई हस्तान्तरण गर्दै सरकारको प्रोपागाण्डा शैलीमा प्रस्तुत भएर जनतालाई गलत सूचना प्रवाह गरेको आरोप लगाए ।

उनले सरोकारवालासँग छलफल गरेर यर्थाथका आधारमा सरकारलाई लगातार रुपमा ध्यानाकर्षण गरिरहेको भएपनि सरकारले खासै ध्यान नदिएको उनले बताए । त्यस्तै उनले विविध क्षेत्रलाई समेटेर तयार पारिएको संक्षिप्त प्रतिवेदन सभापतिलाई बुझाएको जानकारी दिए । कोरोनाका कारण लाखौँ युवा बेरोजगार भएको र गरिबी दर ह्वात्तै बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारलाई एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न लेखा समितिको निर्देशन

  काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र प्राधिकरणलाई यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ

मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको

कवाडी गोदाममा आगलागी हुँदा विराटनगरमा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक