खाने सङ्घीयता कि काम गर्ने सङ्घीयता ?



केशवप्रसाद भट्टराई ।
प्रदेशका हाकिमहरूलाई कहाँ भोजन गृह र विलाश कक्ष निर्माण गर्ने ठाउँ तोकिदिने काम केन्द्रले गरिदिनु पर्छ । भाग नमिलेर झगडा गरे सम्झाई बुझाइ गर्न केन्द्र नै चाहिन्छ । खाने, बस्ने, गुड्ने, उड्ने सवै व्यवस्था केन्द्रले गरिदिनु पर्दछ । पकेट खर्च, चिया, नास्ता, भट्टी मदिरा खर्च पनि केन्द्रले जुटाइदिनु पर्दछ । कुर्सी, सोफा, सुट , टिभी, ल्यापटपको खर्च पनि केन्द्रले दिनुपर्दछ ।

तर बन्दुक आफैँले हान्न पाउनुपर्छ । प्रहरी र सुरक्षा बल उनीहरूकै खटनमा हुनुपर्छ । खानपान र मोजमस्ती खर्च बढाई रहनु पर्दछ । पैसा जति दिए पनि थोरै नै हुन्छ । सवै भन्दा थोरै काम गर्नेलाई झन् बढी पैसा चाहिन्छ । भने जति पैसा केन्द्रले जसरी पनि दिनु पर्दछ । उनीहरूको मागमा अलिकता तलमाथि भए भिन्न हुने, छुट्टिने कुरा आइहाल्छ । संविधान उल्लङ्घनको कुरा आउँछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका

अनुकूलताअनुसार हिउँदे वा वर्षे बिदाको अव धिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको