विश्वमा कोरोना संक्रमणबाट ११ लाख भन्दा बढीको मृत्यु, २ करोड ९३ लाख संक्रमणमुक्त



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ११ लाख २ हजार ८ सय ९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख हाराहारी मानिस संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ६८ हजार ६६६ पुगेको छ । संक्रमितमध्ये २ करोड ९३ लाख ७६ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ४१ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् । त्यस्तै, संक्रमितमध्ये ८६ लाख ८९ हजार ४ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७० हजार ९ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ८२ लाख १६ हजार ३ सय १५ पुगेको छ । संक्रमितमध्ये ५३ लाख २० हजार १ सय भन्दाबढी निको भएका छन् भने २ लाख २२ हजार ७ सय बढीको ज्यान गएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ५०९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ४८ हजार ६५८ जना संक्रमणमुक्त भएका छन् भने १ लाख १२ हजार १४६ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५१ लाख ७० हजार ९९६ पुगेको छ भने १ लाख ५२ हजार ५१३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४५ लाख ९९ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डल काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका

पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान