प्रधानमन्त्रीको कार्यालय हेर्न मन्त्रीको व्यवस्थाको औचित्य !



शारदाप्रसाद त्रिताल ।
१. हिजोको मन्त्रिमण्डल हेरफेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय  हेर्ने गरी मन्त्रिमण्डलका वरिष्ठतम सदस्य उपप्रधानमन्त्री इश्वर पोख्रेललाई तोकेको सम्बन्धमा विभिन्न धारणाहरु व्यक्त भइरहेको देखिन्छ ।

. मेरो विचारमा वर्तमान प्रधानमन्त्रीले गर्नु भएको एउटा राम्रो काम हो यो । यो काम उहाँले शुरुमा नै गर्नुपर्ने थियो । किनभने प्रधानमन्त्रीलाई देहायका कार्य गर्न उहाँको विश्वासपात्र र वरिष्ठतम मन्त्री आवश्यक हुन्छः

(क) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देशको शासन सञ्चालनको केन्द्रविन्दु हो । यो उच्चतम मन्त्रालय वा मन्त्रालयको पनि मन्त्रालय (Super Ministry हो । यसले सबै मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारको काम कारवाहीमा सम्बन्ध स्थापित गर्ने र समन्वय तथा सहकार्य गर्ने हैसियत राखेको हुन्छ ।

(ख) नयाँ नीति वा कानुन बन्नु अघि व्यापक छलफल र विश्लेषण गर्ने थलो हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । यसको संयोजन गर्ने कार्यमा प्रधानमन्त्रीलाई वरिष्ठतम् मन्त्रीले सहयोग पुर्याउन सक्ने हुन्छ ।

(ग) सुशासन ऐन लगायतका शासन सञ्चालन सम्बन्धी कानुनहरुको कार्यान्वयनमा संयोजन गर्ने कार्यमा सहयोग आवश्यक हुन्छ ।

(घ) प्रदेश र स्थानीय सरकारसँग सम्बन्ध समन्वय र सहकार्य गर्ने कार्यमा संयोजन गर्नुपर्ने हुन्छ ।

(ङ) राष्ट्रिय मूल नीति र क्षेत्रगत नीतिको कार्यान्वयनमा समन्वय र संयोजन गर्नुपर्ने हुन्छ ।

(च) देशका महत्वपूर्ण विकास आयोजनाको अनुगमनको उच्चतम अनुगमन Super Monitoring) गर्नु आवश्यक हुन्छ ।

.अब सकारात्मक आशा गरौं
(क) बालुवाटारमा साँघुरिएको शासन व्यवस्था सिंहदरबार हुँदै देशैभरि
फैलियोस् ।

(ख) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने उपप्रधानमन्त्री र नयाँ मुख्य सचिवको प्रयासले सुधारका संकेतहरु उजागर हुन सकुन् ।

(ग) निराशामा बाँच्न विवश जनताले आफ्नो लागि सरकार पनि छ भन्ने महसुस गर्ने अवसर पाइयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

‘अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने ओलीको अभिव्यक्ति रविलाई ‘मानवढाल’ बनाउने चाहना’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको

इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ