विश्वका दुई करोड ९१ लाख २२ हजार मानिस कोरोना संक्रमणमुक्त
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ९१ लाख २२ हजार ८ सय भन्दाबढी मानिस संक्रमणमुक्त भएका छन् । चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका ३ करोड ८७ लाख ३४ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् ।
यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ९६ हजार ८ सय २८ पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ८५ लाख १४ हजार ९ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७० हजार बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८१ लाख ५० हजार भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ५२ लाख ७८ हजार ७ सय भन्दाबढी निको भएका छन् भने २ लाख २१ हजार बढीको ज्यान गएको छ ।
यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ११ हजार ३११ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५१ लाख ४१ हजार ४९८ पुगेको छ भने १ लाख ५१ हजार ७७९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४५ लाख ६८ हजार भन्दा बढी निको भएका छन् ।