सफलताका बाटाहरु-लोक सेवा विशेष



सफल हुनेहरु सामन्यतया फरक क्षमताका व्यक्तिहरु होइनन् । फरक तरिकाले अध्ययन गर्ने व्यक्तिहरु हुन् । विश्वविद्यालयमा उत्कृष्ठ ठहर भएका कति विद्यार्थीहरु प्रतिश्पर्धात्मक परीक्षामा पछि परेका छन् । यसको विपरीत विश्वविद्यालयमा सामान्य ठहरिएका व्यक्तिहरु प्रतिश्पर्धात्मक परीक्षामा सफल भई जीवनमा निकै प्रगति गरी ख्याति कमाएको देखिन्छ । एक पटकको सफलताले अर्को सफलतालाई स्वागत गर्छ । अतः सकारात्मक सोच, निर्धारित लक्षमा पुग्ने दृढ आत्मविश्वाससहितको निरन्तर अध्ययन सफलताको मूल मार्ग हो ।

 –पढ्न बस्दा आफ्नो मनलाई स्थिर राख्नु पर्छ । उत्तेजित हुनु हुँदैन । आँत्तिने वा अत्तालिने गर्नु हुँदैन । मनलाई आफ्नो नियन्त्रणमा राख्नु पर्दछ । मनलाई नियन्त्रणमा राखेर अध्ययन गर्नाले सफलतामा पुग्न सहयोग गर्छ । जसले मनलाई नियन्त्रणमा लिन सक्दैन ऊ सफल हुन सक्दैन । जस्तो की साईकल सिक्ने सिकारूले बाटोमा ढुङ्गा वा खाल्टो देख्दा आँत्तिन्छ र त्यसलाई जोगाउन खोज्दा झनै त्यतै जान्छ र लड्छ । किनभने सिकारू साईकल चालकको मन नियन्त्रण बाहिर हुन्छ । स्थिर मन लक्ष्य केन्द्रित हुन्छ ।

कसरी पढ्ने, सफल हुने हो वा होइन, परीक्षा होला की नहोला, कहिले होला, समय थोरै छ, समय धेरै छ अहिले नै के पढ्ने जस्ता विषयमा सोचेर समय विताउने व्यक्ति प्रायः सफल हुदैनन् । यस्ता विषयमा ध्यान दिएर वा यस्तै विषय खोजेर अध्ययन गर्नुको साटो पाठ्यक्रममा आधारित विषयवस्तुको खोजी गरी निरन्तर पढ्ने व्यक्ति सफल हुन्छन् । पाठ्यक्रममा भएका विषयबस्तुमा केन्द्रित हुनुपर्छ । पाठ्क्रममा भएका विषयबस्तु केन्द्रित अध्ययन सफल हुने स्वर्ण पथ हो ।

सफल हुने बाहेक अन्य कुराको विश्वास गर्नु हुँदैन। असफल होइन्छ की ? पछि के गर्ने ? जस्ता कुरा सोच्नु हुँदैन। नतिजा सकरात्मक आउने पूर्ण विश्वासमा पढ्नुपर्छ । केवल सफल हुने कुरामा विश्वास गर्नुपर्छ । पढाई लेखाईलाई निरन्तरता दिनुपर्छ । सकारात्मक विश्वासले मानिसलाई खुसी तुल्याउँछ । आफूले गरेको काममा लगनशीलता बढ्छ । एउटा डुङ्गाको विश्वास नगरी दुईवटा डुङ्गामा खुट्टा राखेर पारी जान खोज्ने व्यक्ति प्रायः डुबेको पाइन्छ । सकारात्मक विश्वास लक्ष्यमा पुग्ने मार्ग हो ।

कतिवेला पढ्ने भन्ने विषयमा जतिवेला सकिन्छ त्यतिबेला पढ्नु पर्छ। निन्द्रा लागेको बेलामा सुत्ने हो। नियमित ६ देखि ८ घन्टा सुत्नु पर्छ । अरु समय जतिवेला पनि पढ्नु पर्छ । पढाई बाहेक अन्य कुरामा आउने विचार हटाउनु पर्छ । पढ्न बस्दा पुस्तक वा स्रोत सामग्री नै पढ्ने गर्नुपर्छ । पत्रपत्रिका पढेको वा समाचार सुनेको पनि पढेको हो । अन्य काम गर्दा जस्तो की खाना पकाउँदा, तरकारी किन्न जाँदा, विहान साँझ बाहिर निस्कदा, यात्रा गर्दा वा सुत्दा निदाउनु पूर्व पहिले पढेको कुरा सम्झन सकिन्छ । विहान विउँझने वित्तिकै त्यसैमा ध्यान दिन सकिन्छ । त्यो पनि पढेको हो। यसरी सम्झन नसकेको कुरालाई पुनः दोहोर्याउन सकिन्छ। यसले पढाई र चिन्तनको विकास हुन्छ । सफलताको सुत्र चिन्तन हो।

अध्ययन गर्ने बेलामा र परीक्षाको बेलामा समय व्यवस्थापन गर्नुपर्छ। म व्यस्त छु समय छैन भनेर समय खेर फाल्नु हुदैन। दिनको ५ घन्टा ध्यान केन्द्रित गरेर अध्ययन गर्न समय छ भने दिनको १० घन्टा पढ्ने समय मसँग छ भनेर बुझ्न मिल्छ । अन्य शारीरिक काम गर्दा पनि मानसिक रुपमा पढाईलाई अगाडि बढाउन सकिन्छ । जस्तो की साथीसँग चिया खान वस्दा वा बसमा यात्रा गर्ने समयमा पढेको विषयलाई सम्झन वा चिन्तन गर्न सकिन्छ। समय व्यवस्थापन सफलताको केन्द्रविन्दु हो ।

अध्ययन गर्दा व्यक्तिको प्रकृति अनुसारको वातावरण चाहिन्छ । एकान्तमा पढ्ने व्यक्तिले कुनै निश्चित समय मात्र साथीसँग छलफल गर्दछन् । यिनीहरुलाई स्वःअध्ययन उपयुक्त हुन्छ । त्यस्तै समूहमा पढ्न सक्ने व्यक्तिले साथीसँग रहेर अध्ययन गर्न सक्छन्। यिनीहरुलाई छलफल विधि उपयुक्त हुन्छ । भनिन्छ Perfect practice makes a man perfect त्यसैले आफूले अध्ययन गरेको वा अभ्यास गरेको विषय पूर्ण हो वा होइन जाँच्नका लागि विशेषज्ञको खाँचो पर्दछ । अग्रजहरुसँग वा त्यस्ता विषय अध्ययापन गर्ने ठाउँहरुमा पुगी विशेषज्ञको सहयोग लिन सकिन्छ । विशेषज्ञ केवल सहयोगी हुन सक्दछन् । सहयात्री भने होइनन्। अध्ययन गर्ने वातावरणसमेत सफलताको आधार हो ।

सफलताको लागि आत्मविश्वास, लगनशीलता र निरन्तर अभ्यासको आवश्यकता पर्छ। पटकपटक असफल भए असफलताको कारण अध्ययन गर्ने वानीमा परिवर्तन गरी लक्ष्य उन्मुख हुन सकिन्छ । असफलताले सफलताको लागि नयाँ मार्ग चयन गरिदिन्छ । निरन्तरता दिएमा माथिल्लो तहमा पुर्याईदिन्छ । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको लागि लिएको परीक्षामा असफल व्यक्ति त्यसै वर्ष लोक सेवा आयोगले शिक्षातर्फको विद्यालय निरीक्षकको पदको लागि लिएको परीक्षामा सफल भएका उदाहरणसमेत छन् । सकारात्मक सोचको साथ निरन्तर अभ्यास गर्नु नै सफलताको स्रोत हो।

परीक्षामा सफल हुन विषय वस्तुको ज्ञान (Content Knowledge) को आवश्यक हुन्छ। विषयवस्तुको ज्ञानको दायरा अध्ययन, चिन्तन र छलफलबाट नै विकास हुन्छ। जति अध्ययनको दायरा वढ्छ विषयवस्तुको ज्ञान त्यति नै बढी हुन्छ। विषय बस्तुको ज्ञानले नै सिर्जनात्मकतासमेतको विकास हुन्छ। यसले अनुभवजन्य ज्ञान (Experiential Knowledge) को विकास गर्छ । जसलाई हामी अनुभव पनि भन्दछौं । परीक्षामा विषयबस्तु, सिर्जनशीलता र व्यवहारको मापन गरी उत्कृष्ठताको सज्ञान दिइन्छ । जोसँग सिर्जनशील छ, निरन्तर अध्ययन गर्छ, त्यो व्यक्तिले नै ज्ञानलाई व्यावहारमा प्रतिविम्ब गर्न सक्छ। त्यसैले विषयवस्तुको ज्ञान र अनुभवजन्य ज्ञान भएका व्यक्ति नै सफल हुन्छन्। तसर्थः आत्मविश्वास सहितको निरन्तर अभ्यास सफलताको मार्ग हो।
मेरो अध्ययन र अनुभवको प्रतिबिम्ब हो।
निलकण्ठ ढकाल
इजलास अधिकृत
उच्च अदालत पाटन

लोक सेवा आयोगका परीक्षामा सफल प्रतिस्पर्धी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं, रक्सी र मासु

डा. गोविन्दशरण उपाध्याय । मन पर्ने नपर्ने विषय तपाईंको हुर्काइ र बुझाईसँग सम्बन्धित

‘व्यक्ति र संगठन मात्र होइन, तपाईं एउटा मुलुक हो भन्ने कुरा आत्मामा रहनुपर्दछ’

काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा

थप तीन हजार ५१७ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ५ सय १७ जनामा कोरोना

‘अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ’

काठमाडौं। अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको भन्दै राप्रपा अध्यक्ष कमल