५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधन खरीदमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ५० हजार डलरभन्दा बढीका सवारी साधन खरीदमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको जानकारी दिए । कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

बैठकले मदिराको आयात पनि खुला गर्ने निर्णय गरिएको जानकारी दिए । बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा वशिष्ठ प्रसाद रिजाललाई नियुक्त गरिएको छ भने सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा बाबुराजा अमात्य नियुक्त गरिएको छ । औषधि परामर्श परिषदका सदस्यहरुमा संघरत्न बज्राचार्य,बाबुराम हुमागाई, दीपकप्रसाद दाहाललाई नियुक्त गर्ने निर्णय भएको समेत मन्त्री ज्ञवालीले जानकारी दिए ।

यसैगरी राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र विकास समितिको अध्यक्षको जिम्मेवारी डा देवबहादुर रोका क्षेत्रीलाई दिइएको छ । त्यस्तै लुम्बिनी विकास कोषको सदस्यसचिवमा सानुराजा शाक्यलाई नियुक्त गरिएको छ भने नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदमा डिमप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौंपछि परेको देखिएको भन्दै विशेष सजकता अपनाउन आग्रह गरे । कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय भए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको ज्ञवालीले बताए ।

उनले काठमाडौंका आमनागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गरे । प्रवक्ता ज्ञवालीले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताए। मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसेलको शेयर बिक्रीबारे सूचना लिइरहेका छौँः अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन्

राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया