थप २०७१ जनामा कोरोना संक्रमण, १५५२ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७१ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा १७ पुरुष र ५ महिला गरी थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।
पीसीआर विधिबाट १२,४२७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४६१३ जना रहेका छन् । आइसोलेसनमा ३१,३१५ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार थप १५५२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७५,८०४ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा ३२९ र भेन्टिलेटरमा ७६ जनाको उपचार भइरहेको छ ।