‘साउनमा सहमति, माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिन खबरदारी जरुरी


काठमाडौं । नेपाली कांग्रेसले सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिको स्वागत गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरी डा. केसी र सरकारबीच भएको सहमतिको स्वागत गर्दै केसीले अघि सारेका मुद्दाप्रति वर्तमान सरकारको रवैया सुरुवातदेखि नै पूर्वाग्रहपूर्ण भएको आरोप लगाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘डा. के.सी.ले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण ब्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउंदै सहमतिमा पुगेको छ । सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं । तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं ।’

डा. केसीले तोडे अनसन, शिक्षण अस्पतालका कर्मचारीले खुवाए जुस