नेपाली मनभित्रको वैश्विक मन



डा. गोविन्दशरण उपाध्याय ।
यजुर्वेदको रूद्राष्टध्यायीमा मनलाई “तन्मे मनः शिवः सङ्कल्पमस्तु“ अर्थात् सकारात्मक चिन्तनको सङ्कल्प गर्ने आधारभूमिका रूपमा चिन्हित गरिएको छ । यसको अर्थ हो मन नै सङ्कल्पको आधारभूमि हो जसले आत्म र परमात्माको शुभअशुभको सङ्कल्प गर्छ । यसरी नेपाली मनको अभिनिर्माणमा वैदिक चिन्तन, सिद्धान्त र सङ्कल्पको भूमिका छ जसले आफ्नो र अर्काको विभेद नगरी सबैको कल्याण, सुखी र निरोगको कामना गर्छ ।

नेपालीहरूको मन पोल्छ, मन दुख्छ, मन रुन्छ, मन हाँस्छ, मन भरंग हुन्छ, मन तातो हुन्छ, मन चीसो हुन्छ । मन गद्गद् हुन्छ, रमाउँछ, अमिलो हुन्छ, मन पिरो, तीतो र असंबेदनशील हुन्छ । मन छाडा हुन्छ, मन बलियो हुन्छ, मन कमलो हुन्छ र मन रुखो हुन्छ । मन जाली हुन्छ, मन फाट्छ, मन टालिन्छ, मन डराउँछ, मनको बाघले खान्छ, मनको प्वाँखले विश्व घुम्न सक्छ ।

फ्राइडहरूले मनलाई जसरी बूझे तिनको बुझाईको मन र नेपाली बुझाई र भोगाईको मनमा धेरै फरक छ भन्ने कुरा नेपाली मनोविज्ञहरूले बुझ्न अझैं सकेका छैनन् । पश्चिमाहरूको मन (Mind) असलमा मन (Emotion) नभएर बुद्धि (rationality) कै एउटा अंग हो जसले मान्छेका सम्पूर्ण सोच, व्यबहारलाई प्रभावित पार्छ । वैदिक, जैन र बौद्धसहित नेपाली रैथानेहरूले भोगिरहेको मन केवल कोमल र कठोर भावना, संवेग तथा चित्तको प्राकृतिक अवस्था हो ।

त्यसैले श्रीमद्भागवतको ११ रौँ स्कन्धमा प्रष्टसँग “मनः एव मनुष्याणांं कारणं बन्ध मोक्षयो अर्थात् मन नै मान्छेका लागि बन्धन र स्वतन्त्रताको स्रोत हुन्छ । नेपाली बोलीमा मनसंग जोडिएका अनेकौं महत्वपूर्ण भनाई तथा बुझाई छन् । भने सप्तसति चण्डीमा “यंयं चिन्तयते काम टमतं प्राप्नोति निश्चितम्“ भनेर सङ्कल्पकर्ताको रूपमा बुझिएको छ ।

आजभोली मनको धेरै चर्चा हुन्छ मानौं मान्छेहरू केवल मनले संचालित छन् । भागवत र चण्डीका उपरोक्त भनाइहरूले अत्याधुनिक मनोविज्ञान “मान्छेले सोचेको कुरा प्राप्त गर्न सक्छ अर्थात् सकारात्मक सोचको जादुलाई प्रमाणित गर्छन् । मान्छे आफ्नो सोच र चिन्तनअनुसारको बन्छ भने मान्छेले जे जे जसरी सङ्कल्प गर्छ उसले त्यो लक्ष अवश्य प्राप्त गर्छ“ विचारहरूको स्रोत वैदिक चिन्तन नै भएको प्रमाणित हुन्छ ।

नेपाली मन भनेको वैश्विक मन हो जसले विश्वका हरेक व्यक्तिलाई कुटुम्व ठान्ने, सबैको कल्याणको कामना गर्ने र भद्रको कामना गर्ने संस्कारमा निर्मित भएको छ । विश्वका हरेक मान्छेको देशकाल र परिवेशअनुसार आ(आफ्नो संस्कार मान्ने स्वतन्त्रता प्रदान गर्छ । स्वं स्वं चरित्र शिक्षेरन् । मेरो विचारमा नेपाली मन वैश्विक छ किनभने नेपाली मनभित्र विश्वलाई प्रतिविम्वित गर्ने आधार र क्षमता छ । हरेक मान्छेहरू सँगै मिलेर, संगै भोजन गरेर र सहकार्य गरेर एकअर्काको सहयोग गर्न सकिन्छ भन्ने मन वैदिकदेखि अक्षुण्ण छ ।

विश्वमा जहाँ गए पनि नेपाली मन नेपालीहरूसंगै हुन्छ । नेपाली मनलाई विदेशी बन्न कमसेकम तीन पुस्ता लाग्छन् नै । विश्वभरी छरिएर रहेका हामी नेपालीहरूको मन आज पनि रैथाने नै छ । नेपाली गीतसङ्गीत, हिमाल, पहाड तराई र आ-आफ्नै रैथाने भाषा र चिन्तनमा रमाउँछ । विश्वको जुनसुकै कुनामा पुगेपछि नेपाली मनले हामीलाई छोड्दैन । जुनसुकै धर्म संस्कार माने पनि हामीसंग नेपाली मन छ । त्यसैले अव हामीले नेपालको रैथाने परिवेशमा हजारौं वर्षदेखि अभिनिर्मित भएको मनको रैथाने विधिले नै पहिचान र उपचारहरू विकसित गर्नुपर्छ । विदेशीले अभिनिर्माण गरेका मानसिक सिद्धान्तहरूले विपरीतार्थ हुनसक्छ ।

विश्व सजिलो छैन । करोनाजस्ता हजारौंलाखौँ समस्याहरू मान्छेले भोग्दै र जित्दै आएको छ । जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोच राखौं र जीवनयात्रालाई निरन्तरता दिउँ । सहयोग गरौँ र सहयोग प्राप्त गरौँ । मनोबैज्ञानिक क्षेत्रमा काम गर्ने विद्यार्थी र अनुसन्धाताहरूले नेपाली मनको निर्माण, क्रिया र क्रियाले निम्त्याउने व्यबहारहरूको मानक स्थापित गर्न काम गरौँ । विदेशीहरूले सात समुद्र पारिका मान्छेहरूको मनको व्याख्या गरेका छन्, तिनका लागि त्यो उपयुक्त होला तर हाम्रो लागि आफ्नो मनको निर्माण, क्रिया र लक्ष आफैले निर्धारण गर्नुपर्छ ।
विश्वमानसिक दिवसको अवसरमा हार्दिक बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारीप्रति गृह मन्त्रालयको आपत्ति

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको

संविधानको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिलाई गोलबन्द गर्न ओली, देउवा र प्रचण्ड सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान

नेपाल बारलाई राजनीतिबाट मुक्त गराउँछौंः अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रा डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार

हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम धमाधम चलिरहेको छ