विश्वमा दुई करोड ७४ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ७४ लाख ८ हजार भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाइरसबाट हाल विश्वका ३ करोड ६३ लाख ९१ हजार भन्दाबढी संक्रमित भएका छन् ।
यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ६० हजार ४ सय ४३ पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ७९ लाख २२ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६७ हजार ४ सय बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७७ लाख ७६ हजार २ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।
संक्रमितमध्ये ४९ लाख ८३ हजार ३ सय भन्दाबढी निको भएका छन् भने २ लाख १६ हजार ७ सय बढीको ज्यान गएको छ । यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ६८ लाख ३२ हजार ९ सय ८८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ५८ लाख २४ हजार ४६२ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ५ हजार ५५४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५० लाख २ हजार ३५७ पुगेको छ भने १ लाख ४८ हजार ३०४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४३ लाख ९१ हजार भन्दा बढी निको भएका छन् ।