प्रधानमन्त्रीले गर्न छुटाएका दुई महत्वपूर्ण काम



शारदाप्रसाद त्रिताल ।

वर्तमान प्रधानमन्त्रीले गर्न छुटाउनु भएका दुई महत्वपूर्ण कार्यहरु :

१. प्रधानमन्त्रीकै अध्यक्षतामा विज्ञहरु रहेको एक उच्चस्तरीय प्रशासन सुधार आयोगको गठन, जसले–

(क) संघीय संरचना अनुरुपको कर्मचारी व्यवस्थापनका विविध पक्षमा गहन अध्ययन र सिफारिस गर्न सक्थ्यो ।

(ख) संघीय निजामती सेवा ऐनमा समावेश गरिने आधारभूत विषयहरुमा अध्ययन अनुसन्धान गरी उचित व्यवस्थाको सिफारिस गर्न सक्थ्यो जसको फलस्वरुप अहिले संसदमा मडारिएको अन्यौलको आँधीको सिर्जना नै हुने थिएन ।

(ग) ऐन निर्माणको क्रममा स्वार्थी कर्मचारीहरुले सांसदहरुको मथिंगल भुट्न सक्ने थिएनन् र सांसदहरु पनि अन्टसन्ट कुरा गरेर विवादमा पर्ने थिएनन् ।

(घ) समयमा संघीय निजामती सेवा ऐन बन्न सक्थ्यो र निजामती कर्मचारीहरुमा रहेको अन्यौलको धेरै हदसम्म अन्त्य हुने थियो।

(ङ) संघीय व्यवस्था अनुरुप समग्र सार्वजनिक प्रशासनमा सुधारका लक्षणहरु देखा पर्ने थिए ।

२. सदाचार नीति निर्माण र सदाचार पद्दतिको प्रवर्धन गर्ने अधिकारसम्पन्न संयन्त्रको व्यवस्था, जसले–

(क) सदाचार पद्दतिको विकासका सम्बन्धमा आवश्यक व्यवस्थाको शुरुवात हुन्थ्यो।

(ख) भ्रष्टाचार विरुद्ध जनजागरण गराउन र भ्रष्टाचार नियन्त्रण गर्न प्रवर्धनात्मक कार्य गर्न सहयोग पुर्याउने थियो ।

(ग) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपरेका विषयमा अध्ययनहरु हुन सक्थे ।

(घ) सदाचार पद्धतिको विकास र भ्रष्टाचार नियन्त्रणको कार्यमा सरकारले काम गरिरहेको छ भन्ने अनुभूति गराउन सहयोग पुग्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

‘अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने ओलीको अभिव्यक्ति रविलाई ‘मानवढाल’ बनाउने चाहना’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको

इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ