पिंजडाको सुगाको कथा



डा. गोविन्दशरण उपाध्याय ।

एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र पहिचान भएको एउटा राष्ट्र थियो | जनता खुसी थिए, मिलेर बसेका थिए तर वाहिरका मान्छेसंग कुनै सम्बन्ध थिएन | हालै सरकारले विदेशीहरूका लागि ढोका खोलेको थियो | अनि,
(१) एउटा नचिनेको मान्छे आयो | उसंग एउटा किताव थियो | त्यो अचम्मको मान्छे र उसको किताव देखेर मान्छेहरू झुम्मिए | उसले भन्यो “यो कितावमा तपाईंहरूको विकासको खाका कोरिएको छ | म यो किताव सिकाउँन आएको हुँ” मान्छेहरूले पत्याए | उसले किताव पढाउन थाल्यो | मान्छेहरूले भने यो किताव साच्चिकै काम लाग्ने रहेछ | यसले हाम्रो विकास गर्छ |

(२) उसले मान्छेहरूको अगाडी किताव खोलेर पढ्यो “तिमीहरू यदि प्रगति, विकास, रोक, शोक र गरिवीबाट मुक्ति चाहन्छौं भने आफ्नो अधिकारका लागि लड | अधिकारको लडाईमा पैसा चाहिन्न | तिम्रो छिमेकीले तिम्रो शोषण गरिरहेको छ | तिम्रो लोग्नेले तिम्रो अधिकार हनन गरिरहेको छ | विद्रोह गर्नुनै आधिकार स्थापनाको आरम्भ हो |
मान्छेले पत्याए, अधिकारको लडाई लड्न थाले | एकअर्काप्रति अविश्वास, घृणा तथा रीस बढ्यो |

(३) मान्छे फेरी आयो उसले आफ्नो किताव खोलेर फेरी पढ्यो “अधिकार प्रदान गर्न सरकारलाई दवाव देऊ | हामी तेसको लागि चाहिन्ने रकम अनुदानमा दिन्छौं | आफ्नो भाषा, भूगोल, जातजाति र पहिचानका लागि सङ्घर्ष गर | तिम्रा संस्कृति र तिम्रो इतिहास तिम्रो अधिकारमा बाधक छ | उनीहरूले तिमिलाई दवाएका छन् |

मान्छेहरूले पत्याए | मान्छेहरू सरकार माथि खनिए | छिमेकी माथि खनिए | आफ्नै इतिहास र संस्कृतिप्रति खनिए | त्यो मान्छेले भत्ता दियो | मान्छेहरू खुसी भए | किताव बोक्ने मान्छेले हामीलाई सहयोग गर्ने रहेछ | आहा, अधिकारका लड्दा धन पाइने रहेछ भन्नेले सोचे |

(४) फेरी तेही मान्छे आयो उसले किताव खोलेर पढ्यो “राष्ट्रहरूले ऋण लिएर आफ्नो विकास गर्छन् | राष्ट्रसंग पैसा भयो भने जनताले सुविधा प्राप्त गर्छन् | अव तिमीले आफ्नो कुरा मान्ने सरकार बनाऊ | चुनाव गर्न हामी पैसा दिन्छौं |”
जनताले प्रजातन्त्र ल्याए र नेताहरूले विदेशीहरूबाट आफ्नो देशको विकासका लागि ऋण ल्याए | जनताहरू विकास हुनेमा ढुक्क भए |

(५) फेरी पनि त्यो मान्छे आयो उसले विकास नभएर आजित जनताका सामु आफ्नो किताव खोलेर पढ्यो “ऋण लिंदा आफु खुसी गर्नेले फेरी ऋण पाउन्नन् तेसैले ऋणीले ऋण दिनेको शर्त मान्नुपर्छ | ऋणदातासंग शर्तहरू मान्ने करारनामा नभएर काम विग्रियो |”
जनताले चुनेको सरकारले सबै शर्त मान्यो | शर्त मान्नेहरू पुरस्कृत भए | विदेशमा शयर गर्ने अवसर प्राप्त गरे | जनताले सोचे अव विकास हुन्छ |

(६) तैपनि देशको विकास भएन | फेरी त्यो मान्छे तेही किताव बोकेर आयो र पढेर सुनायो “ऋण लिनेले समयमा ऋण तिर्न सक्नुपर्छ | होइन भने कालो सूचिमा पर्छन् | आफु भोकै मरेर पनि ऋण तिर्नुपर्छ |”
किताव खोलेर पढ्ने मान्छे र राष्ट्रको नाममा ऋण लिन अख्तियारी पाएका नेताहरू बीच हेराहेर भयो | दूवै मुसुक्क हाँसे |

(७) अन्त्यमा फेरी पनि तेही सुकिलो मान्छे किताव बोकेर आयो | अव उ कठोर थियो | किताव खोलेर पढ्यो -“अन्तराष्ट्रीय कानुन अनुसार ऋण तिर्न नसक्ने राष्ट्रहरू विरुद्ध प्रतिबन्ध लगाइन्छ | भोकभोकै वसेर भए पनि जनताले ऋण त तिर्ने पर्छ | अव तपाईंहरूले हाम्रा सबै शर्त मान्नुपर्छ | हाम्रो धर्म, संस्कृति, संस्कार सबै तपाईंहरूका लागि स्वीकार्य हुनैपर्छ | तपाईले हुन्न भन्ने अधिकार गुमाइसक्नु भएको छ |”
उसले आफ्नो गोजीबाट निकालेर एउटा झ्यालखाना दियो | ऋण तिर्न नसक्नेले जेलसजाय भोग्नुपर्छ | अरूसंग ऋण लिएर मोज गर्नेले झ्यालखानामा थुनिनुपर्छ |

तेतिनै बेला लामो दारी पालेका लेखनाथ कवि आत्तिएको र चर्को स्वरमा “बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन” गाउँदै हिँडेको जनताहरू छक्क परे | घरबाट वाहिर र वाहिरबाट सडकमा निस्किएर |

(८) मिति २०७७/६/ ७ का दिन कवि लेखनाथले गाउँदै गरेको सुनेपछि मान्छेहरू घरबाट वाहिर निस्किए | सडकमा निस्किएर एताउति बुझ्न थाले | तर कवि अलप भैसकेका थिए | तेतिकैमा एउटा अग्लो घरको वार्दालीमा तेही अचम्मको मान्छे र केही चिनेका सुकिला मान्छेहरू देखिएर | अचम्मको मान्छेले हातमा किताव समातेको थियो र उ सुकिला मान्छेहरूबाट घेरिएको थियो | अनि, लेखनाथ कविलाई खोज्न वाहिर निस्केका मान्छेहरूतिर फर्केर त्यो अचम्मको मान्छे चिच्याएर पढ्न थाल्यो “प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”
अनि, सुकिला मान्छेहरू पनि चिच्याएर बोले ““प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, अधिकार र जनताले चुनेको सरकारको कुनै विकल्प छैन | जनताले चुनेको सरकारको विकल्प खोज्न सकिन्न | चुनेको सरकारको निर्णय जनताको निर्णय हुन्छ |”

अनि फेरी पनि आवाज दोहोरियो | एस पटक लेखनाथ कवि थिएनन् | उनको आवाज मात्रै थियो :बालक बबुरो द्विज सुकुनामा म परेको छु पिंजडामा | मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन ||मकन हरे सुख शान्ति र चैन सपना बीच पनि रतिभर छैन ||
अचम्मको मान्छेको कथा र तेसमा विश्वास गरेर कथा सुन्नेहरू थाकेका छैनन् | कथा चलिरहेको छ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ