काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा चार हजार र चाँदी ३५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ३९० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७४५ मा खरिदबिक्री भएको थियो । गत बुधबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार २०० र चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया