हिन्दू धर्म : चार वटा उत्तर



डा. गोविन्दशरण उपाध्याय |
वैदिक सनातन धर्म सत्य र ऋतको एकीकृत स्वरूप हो | नेपाल ऋषिले निर्माण गरेको सनातन वैदिक धर्मप्राण मौलिकता युक्त राष्ट्र हो र वैदिक, जैन बौद्ध, किरात धर्म र संस्कृतिको उद्गमस्थल हो | प्राचीनवैदिक, जैन तथा बौद्ध साहित्यहरूमा धर्म शब्दको प्रयोग नितान्त फरक अर्थमा प्रयोग गरिएको छ | अनुवादले निम्त्याएको त्रासदिमा मनु, पराशर, जैमिनी जस्ता प्राचीनतम ऋषिहरूले गुणहरूका लागि प्रयोग गरेको “धर्म” शब्द सम्प्रदायको साँघुरो घेरामा थुनिएको छ | बाइबलको काल निर्धारणलाई प्रमाणिक मान्ने पूर्वाग्रही परम्पराले वैदिक संस्कृतिको प्राचीनता उपर धेरै समस्याहरू आमन्त्रित गरेको छ तर वैदिक संस्कृतिको प्राचीनता अस्वीकार गर्नेहरू क्रमशःपराजित हुँदैछन् |

हिन्दू धर्मसंग सरोकार राख्ने, हिन्दू धर्मलाई पटक्कै मन नपराउने र आफुलाई नास्तिक भन्ने यी तीनै प्रकल्पका व्यक्तिहरूले हिन्दू धर्मको प्राचीनतालाई अस्वीकार गर्न सक्दैनन् | उनीहरू चाहेर वा नचाहेर हिन्दू संस्कृतिको प्राचीनतालाई स्वीकार गर्न बाध्य भएका छन् | आज कसैलाई स्वीकार्य भएपनि नभए पनि वैदिक हिन्दू सनातन धर्म विश्वको सबैभन्दा प्राचीन, विविधतापूर्ण र सबैभन्दा बढी धार्मिक ग्रन्थहरू भएको जीवन्त संस्कृतिका रूपमा स्वीकृत भएको छ जुन एसको वास्तविकता थियो |

प्राविधिक रूपमा प्राचीन जैन र बौद्धहरूको मात्रिशक्ति पनि वैदिक सनातन संस्कृतिनै हो | उनीहरू स्वतन्त्र धर्म हुन्रछन् |जैन र बौद्धहरूले वेदलाई “ज्ञानको, धर्मको, मोक्षको सबैभन्दा आधिकारिक र अपौरुषेय” प्रमाणिक ग्रन्थ हो भन्ने तत्थ्यसंग विमति राख्छन् | स्वतन्त्र धार्मिक समूह भएको नाताले वेदलाई “समग्र प्रमाणको रूपमा स्वीकार्न नगर्नु” स्वाभाविक हो तर “वेदलाई मान्दैनन्” भन्नु उचित होइन | जैन तथा बौद्ध साहित्यहरू वैदिक र उपनिषदीय ज्ञानले भरिपूर्ण छन् |

एसैगरीशिख,कृष्णप्रणामी, कवीरपन्थीआदिजस्ता आधुनिक पन्थहरूपनिवैदिकनैहुन्रउपासनाकादृष्टिलेहिन्दूनैहुन् |केही अपवाद पनि छन् ती छेपारोझैं रङ्ग परिवर्तन गर्ने पन्थहरूको जतिसक्दो छिनोफानो हुनुपर्छ | मुसाईहरूको भलो गर्न हिन्दूको अभिनय गर्नेहरूसंग सावधान रहनुपर्छ र सावधान गर्नुपर्छ | यदि कसैले आफ्नो गुरू आदेश पालन गर्दै आफ्नो गुरुवाणीलाई वेद भन्दा उच्च तहमा राख्छ न्भने उनीहरूको आन्तरिक विश्वास र आस्था हो | हिन्दू संस्कृतिमा विकसित भएका सम्प्रदायहरूले छुट्टै उपासना पद्धतिहरूको विकास र अभ्यास गरेतापनि उनीहरू वेद, उपनिषद्तथा पूरानहरूकै वरिपरी घुमिरहेका हुन्छन् | हिन्दू संस्कृतिका पक्षधरहरूले “सनातन संस्कृति” नै सङ्कटमा परेको अवस्थामा एकअर्कोमा दोषारोपण, दोषहरूको खोजि निधि र शास्त्रीय र अशास्त्रीयको गोलघरमा पस्नु हुँदैन |

१. उत्तर-एक
वैदिक सनातन धर्मको प्रचलित नाम “हिन्दू” हो | यदाकदा केही सर्वसाधारणसहित विद्वानहरूले पनि “हिन्दू” मुसलमानहरूले राखेको “हीनताबोध” नाम जनाउने भएकोले “”सनातन धर्म” भन्नुपर्छ भन्ने अभिमत राख्नु भएको पढ्न र सुन्न पाइन्छ | हिन्दू धर्म र सनातन धर्मको विवाद मूलत: सृजित हो | वैदिक सनातन संस्कृतिको प्राचीनता, मौलिकता, साहित्यिक प्रचुरता र गहनता तथा वैश्विकताबाट पिरोलिएकाहरूले”एकआपसमा द्वन्द सृजित”गराउने मनसाय रोपेको विषवृक्ष हो | सनातन धर्म भन्नु र हिन्दूधर्म भन्नुमा कुनै फरक छैन | सनातन धर्म भन्नेले सनातन धर्म भनौं, हिन्दूधर्म भन्नेले हिन्दूधर्म नै भनौं |

आज हिन्दू शब्दले वैदिक सनातन संस्कृतिको प्रतिनिधित्व गर्छ | सत्रौं शताब्दिमा अंग्रेजीको“रेलिजन”शब्दलाई धर्म शब्दको पर्यायवाची मानेर अनुवाद गर्न थालियो | विदेशी सम्प्रदायहरूलाई “धर्म” शब्दमा बुझ्ने/बुझाउने प्रचलन बढ्दै जाँदा हिन्दू सनातन संस्कृतिलाई समेत “विदेशी सम्प्रदाय”का दुर्गुणसंग गाँसेर मानसिक व्याख्या गर्न थालियो | वैदिक सनातन संस्कृति र विदेशी सम्प्रदायहरूलाई “धर्म”को डोकोमा हालेर बुझ्ने/बुझाउने”विदेशी सम्प्रदायहरूको षड्यन्त्र” सफल हुँदा सनातनीहरूमा”हिन्दू र सनातन”मा मसिनो विवाद उत्पन्न भएको हो | मुसाईहरू ज्यादै एकलकाटे, घृणावादी र आफु बाहेक एकअर्काको धार्मिक तथा सांस्कृतिक अस्तित्वलाई अस्वीकार गर्ने भएकाले तिनकैतहमा हिन्दूलाई “धर्म”का रूपमा सम्बोधन गर्दा र सर्वसाधारणले मुसाईहरूका अत्याचारको भारीसमेत हिन्दूहरूले बोक्नु परेको छ | अव सबै मिलेर यो बोझ उतार्नु पर्ने छ |

वैदिक संस्कृतिरुपि वृक्षका स्वतन्त्र शाखाका रूपमा जैन, बौद्ध र शिखहरू विकसित भएका हुन् | जैन, बौद्ध र शिखहरू सनातनी हुन् तर  हिन्दू होइनन् | प्राचीन वैदिकहरूले यो सत्यलाई आत्मसात गर्दा “जैन, बौद्धरशिख”हरूसंग समान तहको विश्वसनीय सम्बन्ध स्थापित हुन्छ | एकैवृक्ष, एकै धरातल. एकै प्रकारका भाषाहरू र एकै प्रकारका आचार व्यबहार भएका “सनातनी” बीच अधिकतम सहकार्य गर्नुको विकल्प छैन | तक्षशीला आदि प्राचीन गुरुकुलहरूमा समेत“श्रमण र ब्राह्मण”दूवै सनातनीहरूले समान तहमा शिक्षादीक्षा प्राप्त गर्ने र स्नातक भएपछि आ-आफ्नो मतको यशोवर्धन गरेको इतिहास नै “सहकार्य”को बलियो ऐतिहासिक प्रमाण हो, यही नै समावेशीपनको गम्भीर दसी हो |

२. उत्तर-दुई
“पूर्वाग्रह” शब्दलाई आजको हिन्दू, जैन तथा बौद्ध समाजले रुचाउन्न र“ उदारतावादी व्यक्ति”वा“समाज”को सम्मान प्राप्त गर्न आतुर देखिन्छ | मेरो विचारमा, पूर्वाग्रह कुनै कमसल शब्द, व्यबहार वा शब्द होइन | सनातन संस्कृति प्राकृतिकरूपमा उदारवादी समाज अवश्य हो तर धर्म निरपेक्षतावादी होइन | सन्१७४७देखि सनातनीहरूलाई क्रमशःउदारवादी बनेर “विदेशी सम्प्रदायहरूका क्रियाकलापलाई” स्वीकार गर्न उक्साउने योजनास्वरूप तय गरियो | यो षड्यन्त्रमा विदेशी सम्प्रदायहरूलाई “उदारवाद” बन्ने आवश्यकता थिएन भने हिन्दू, बौद्ध तथा जैनहरूलाई हदैसम्मको उदार बन्न उक्साईयो | एस्तो उक्साहट चिन्तनकोअंग बनेपछि “धर्मनिरपेक्षता”का रूपमा संस्थागत भयो | आज यही उदारता हिन्दू, जैन तथा बौद्ध र आदिवासी जनजातिहरूका लागि आत्मघाती बनेको छ |

वैदिक सनातन हिन्दू,  जैन तथा बौद्धहरू विश्वका सबैभन्दा प्राचीन संस्कृति र सभ्यताका अंश हौँ भन्ने तत्थ्यमा शक्तिशाली पूर्वाग्रहको मानसिक र बौद्धिक विकास हुनुपर्छ | हामी हिन्दू, हौँ, हामी जैनी हौँ, हामी बोन हौँ, हामी किराती हौँ र हामी बौद्ध हौँ – जस्तो प्राकृतिक पूर्वाग्रहको जनजनस्तरसम्म विस्तार र विकास नभएसम्म नेपालका मौलिक धर्म, संस्कृति र असल संस्कारहरूको विकास वा पुनर्जागरण हुनै सक्दैन | पुनर्जागरणको अर्थ हो विदेशीहरूले योजनापूर्वक आफ्नै धर्म, संस्कृतिप्रति“निरपेक्ष” बनाएको हामी सनातनीहरूको मानसिक तथा बौद्धिकतामा “पूर्वाग्रह”को पुन:स्थापित गर्नुपर्छ भन्ने हो |

हिन्दू, जैन, बौद्ध, बोन तथा किराती जस्ता रैथाने धार्मिक तथा सांस्कृतिक समुदायको सबैभन्दा बलियो शत्रु तिनको मन तथा बुद्धिमा रहेको “निरपेक्षता”को चेतना हो | विदेशीहरूलाई आदर गर्नु हाम्रो संस्कृति हो तर उदारताका नाममा आफ्नै धर्म, संस्कृति र ज्ञान प्रतिनिरपेक्षताको आवरण ओढेर आफ्नै धर्म, संस्कृति तथा सभ्यताको विनाश हेर्नु “सांस्कृतिक-आमहत्या”हो | अव हामीले आफ्नो धर्म, संस्कृति तथा ज्ञानमा (सजगतापूर्वक) गौरवकासाथ पूर्वाग्रहमा अडीग रहने “शक्ति”को विकास गर्नुपर्छ | आरोपित उदारता र निरपेक्षता यी दूवै शब्दहरू आत्मघाती छन् | आफ्नो मौलिक धर्म संस्कृति प्रति गहिरो पूर्वाग्रह गर्ने र विदेशी सम्प्रदायहरू प्रति पृथ्वीनारायणको पूर्वाग्रहनै सनातनिको वास्तविक शक्ति हुनेछ |

३. उत्तर-तीन
उदारता, वैश्विकता, करुणा र समतामूलक समाजको निर्माणको सैद्धान्तिक तहमा विश्वका कुनै पनि राजनैतिक, धार्मिक तथा सांस्कृतिक सिद्धान्तहरूका तुलनामा सनातन धर्म सबैभन्दा स्वीकार्य र सहज छ | विदेशमा विकसित भएका र विदेशीहरूकै करबलले भारत वर्षमा “धर्मको रूपमा” सम्मान प्राप्त भएका विदेशी सम्प्रदायले जतिसुकै प्रयत्न गरे पनि ती वैश्विक रूपमा स्वीकार्य हुँदैनन् | एउटा धार्मिक पुस्तक, पक्षपाति परमेश्वर, अन्यको धार्मिक अस्तित्व स्वीकार्न नसक्ने अतिवादी चिन्तन र स्वर्गको एकमात्र प्रवेश आफुमात्र भएको पूर्वाग्रहले ग्रसित साम्प्रदायिक कठोरताले गर्दा उनीहरूमा वैश्विक बन्ने कुनै सम्भावना नै छैन | विदेशी सम्प्रदायहरुले गरेका ऐतिहासिक अत्याचारहरूको दोष वैदिक हिन्दू, जैन, बौद्धलगायत नेपाल र भारतका रैथानेहरूले अनावश्यक रुपमा भोग्नु परिरहेको छ | रिलिजनको अनुवाद धर्मका रूपमा गरिएकाले इतिहासमा एकजना उपर पनि अत्याचार नगरेको सनातनीहरूले विदेशी धर्मकै तहको घृणा खप्नु परिरहेको छ |

वैदिक संस्कृतिको वृक्षमा विकसित भएका वा भारतवर्षको भूभागमा विकसित र सघन भएका सम्प्रदायहरूले आफ्नो विस्तारका लागि सधैं “शास्त्रार्थ”को उपयोग गरे | निर्धारित शर्तअनुसार विजेताको शिष्यत्व स्वीकार गर्ने र सोहीअनुसार साधना र जीवन पद्धति अपनाउने भारतवर्षको बौद्धिक विशिष्टता हो | इतिहासको कालक्रममा सनातनी, बौद्ध, जैन सबै विजेता रहे र सबै विजित पनि रहे | भद्रतापूर्ण सहमतिको कार्यान्वयन श्रद्धाका साथ गरिने हुँदा हिन्दू-बौद्ध, बौद्ध-जैन, जैन-हिन्दूआदि धार्मिक (आस्था समुदाय) समुदायहरू बीच इतिहासको कुनै कालखण्डमा पनि रक्तपातपूर्ण सङ्घर्ष भएका छैनन् | क्रुसेड र जिहादजस्ता क्रूरतम विनाशकारी युद्ध भएनन् | बसुधैव कुटम्वकम्, स्वंस्वं चरित्र शिक्षेरन् पृथ्वीब्या सर्वमानवा, विश्वात्मन, विश्व बन्धुत्वजस्ता चिन्तनहरू विषयमा भारतवर्षमा विकसित भएका सम्पूर्ण धार्मिक समुदायहरू बीच भद्र सहमति छ र यो सहमति आज पनि जस्ताको तस्तै घनिभूत छ |

नेपाल वैदिक र अवैदिक सम्प्रदाय मात्र होइन चीन तथा तिब्बतमा विकसित भएका धार्मिक तथा सामाजिक चिन्तनहरुको पनि मिलन थलो हो | वैदिकहरूको विशिष्टता अनुरुप नै पूर्वमा विकसित भएका धार्मिक तथा सामाजिक चिन्तनहरू बीच प्राकृतिक समावेशीता छ | सबै सम्प्रदायहरूमा आफुलाई जीवित राखेर अरूलाई आत्मसात गर्ने अदभूत क्षमता छ | “अरूलाई दीक्षित गर्नु, शिक्षित गर्नु र अर्काका असल आचारव्यबहारहरू आफुमा अन्तर्निहित गर्नु” वैदिक संस्कृतिको वैश्विक विशिष्टता र महानता हो | आज क्रमशः विश्वले वैदिक संस्कृतिको यो महान् बैचारिक उदारता, समावेशीपन तथा स्वीकार्यतालाई आत्मसात् गर्दैछ | यदि कुनै संस्कृतिले आजको वैश्विक आवश्यकतालाई सम्बोधन गर्न सक्छ भने त्यो वैदिक संस्कृति (हिन्दू, जैन, बौद्ध, किराती) नै हुन् | क्रुसेड र जिहादमा अल्मलिएकाहरू र साम्यवाद, पूँजीवाद, समाजवादको छलकपटमा अल्मलिएकाहरूका लागि वैदिक-विश्वको ढोका सधैं खुला छ | उनीहरूमा स्वागत छैन हामीहरूमा तिरस्कार छैन | वैदिक-संस्कृति विश्वमानवताको उन्नत आवह्वान हो |

४. उत्तर-चार
नेपाल : हिन्दू अधिराज्यको इतिहासको दोस्रो खण्डमा फ्रान्सेली विद्वान सिल्भाँ लेभी “भारतको वास्तविक चित्र नेपाल हो |” जतिवेला लेभीले यो विचार प्रयोग गरेका थिए, भारतमा कमसेकम ५३४ बटा राष्ट्रहरू थिए तर नेपाल एउटा थियो | अंग्रेजहरूले भारतीय राष्ट्रहरूमा धेरै प्रकारका “विषवृक्ष”हरू रोपेका थिए | ती विषवृक्षहरूको राप नेपालमा प्रवेश गरेर विकसित हुँदैगर्दा पृथ्वीनारायण शाहले निमोठेर “असली हिन्दूस्थान” जीवित राख्न सफल भएका थिए | भारतको वास्तविक चित्र र असली हिन्दूस्तान यी दुई शब्दहरूले नेपाल सांस्कृतिक, धार्मिक र सामाजिक क्षेत्रमा वैदिक सभ्यताको “असली थलो” का रुपमा स्वीकृत छ भन्ने सिद्ध हुन्छ | मुस्लिम र अंग्रेज आक्रमणकारीको कोपबाट जेजति धर्म, संस्कृति र सभ्यता आधुनिक भारतले जे-जस्तोरूपमा उत्तराधिकारमा भारतले प्राप्त गरेको छ, तेसमा उ रमाउन बाध्य छ तर नेपाल भने “यथारूप” मै सुरक्षित भएको हुँदा “असली हिन्दूस्थान” र भारतको वास्तविक चित्र बनेर जीवन्त छ | हामी नेपालीहरू आफ्नो एस्तो विशिष्ट अवस्थाप्रति गौरवान्वित हुनुपर्छ |

आजको पृथ्वीनारायण शाह र सिल्भाँ लेभीको नेपाल धर्मनिरपेक्षताको आवरणमा मुसाईका हातमा पुगेको छ | मुसाईका मतियार राजनैतिक शक्तिहरू विभिन्न प्रपंच रचेर वैदिक सभ्यताको नामोनिसान मेटाउन लागि परिरहेका छन् | एस्तो अवस्थामा, नेपाली समाजलाई आफ्नो प्राचीनता र वैश्विक स्वीकार्यतामा पूर्वाग्रही बन्न शिक्षित, प्रशिक्षित तथा उत्प्रेरित गर्न आवश्यक छ | अन्य मानव-संस्कृतिहरूझैं सनातन संस्कृतिमा पनि केही समस्याहरू छन् | छुवाछुत पनि एउटा अस्वीकृत भैसकेको तर सामाजिक तथा सांस्कृतिक रूपमा जीवित रहेको चलन हो | समय र परिस्थितिको आवश्यता अनुसार परिवर्तनशील हिन्दू संस्कृतिले छुवाछुतलाई अस्वीकार गरिसकेको छ | “वैदिक वृक्षका हरेक अंगहरू समान हुन्”भन्ने चेतनालाई हिन्दूहरूले स्वीकार गरिसकेका छन् | भोलीको समाज छुवाछुत रहित हुनेछ किनभने हामी छुवाछुतको पक्षमा छैनौं |

वर्तमान र अवको पुस्ताले “आफ्नो इतिहासमा गर्व गर्ने र विदेशीहरूले एकआपसमा घृणा फैलाएर, फुटाएर लडाएर धर्म-परिवर्तन गर्ने” षड्यन्त्र गर्नेहरूलाई अस्वीकार गर्ने क्षमताको विकास गर्नु पर्ने छ | षड्यन्त्रका मतियारका रूपमा विकास गरिएका राजनीतिक तथा गैरराजनैतिक शक्तिहरू विरुद्ध मौलिकताको जगमा उभिएर प्रतिकार गर्नु पर्ने छ | वैदिक संस्कृति र सभ्यताभित्र विकसित भएका हामी सबै नेपालीहरूले पूर्ण पूर्वाग्रहका साथ आफ्नो वैश्विक दायित्व स्वीकार गरेर एकअर्काको अस्तित्व स्वीकार गर्दै “बहुस्याम”को पथको पथिक बन्नुपर्ने छ | अत: उठौं, जागौं र विश्वको श्रेष्ठतम “वैदिक सभ्यता”प्रति पूर्ण गौरव गरौँ |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

१. हिमवतखण्ड, (अनु.) प्रा.डा. वेणीमाधव ढकाल, विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी, काठमान्डौ
२. दिव्य उपदेश (संपा.) प्रा.डा. दिनेशराज पन्त |
३. लेभी, सिल्भाँ (२०१७) नेपाली अनुवाद, हिन्दू अधिराज्यको इतिहास, हिमाल किताव प्रालि
४. उपाध्याय, गोविन्दशरण (२०६६) आर्य दर्शन, विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी, काठमान्डौ
५. अधिकारी, डा. बलवहादुर (२०७६) नेपालको सरल इतिहास, स्वदेश प्रकाशन, बागबजार, काठमान्डौ
६. कर्कप्याट्रिक, विलियम (१९७५) एन एकाउन्ट अफ द किंगडम अफ नेपाल, एसिएन पब्लिसिंग हाउस, न्यु देल्ही
७. योगी, नरहरिनाथ, (२०१०) इतिहास प्रकाश, इतिहास प्रकाश संघ, काठमाडौँ, नेपाल
८. अधिकारी, डा. निर्मलमणि (२०७६) पुनर्जागरणको आधार, सहृदयता समाज, भक्तपुर |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,