लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ



डा. रवीन्द्र पाण्डे |

बिगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं | लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो | त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट बिस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो | साथै लकडाउन वा निषेधाज्ञाको अबधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा गल्लीमा ब्यापक अनुगमन, निगरानी र जनचेतनाका काम गर्नु पर्थ्यो | मुख्य सडक र ठूला बजारमा मात्र सरकारको उपस्थिति सिमित गर्दा संक्रमण घट्नुको साटो बढ्दै गयो |
.
सरकारले गर्नुपर्ने काम :
.
– अब सरकारले निषेधाज्ञा हटाएर धेरै भीडभाड हुने क्षेत्र ( स्कुल, कलेज, फ्लिम हल आदि ) बाहेक अन्य गतिबिधि सुचारु गर्ने |
– मास्क, साबुन तथा स्यानिटाइजरलाई हरेक स्वास्थ्य संस्था, क्लब, टोल आदिमा निशुल्क उपलब्ध गराउने |
– जनपरिचालन गरेर जनस्वास्थ्य चेतनाको अभियान संचालन गर्ने |
– स्थानीय निकायमार्फत मास परीक्षण, आइसोलेसन तथा राहतको काम गर्ने |
– सरकारी संयन्त्रले गल्ली, बस्ती, टोल, सडक, चोक, भीडभाड हुने कार्यालय आदिमा सघन अनुगमन, निगरानी तथा जनस्वास्थ्यका मापदण्ड ब्यबस्थापन गर्ने |
– सिमानाकालाई कडाइ गर्ने |
– संक्रमित क्षेत्रलाई मात्र शिल गर्ने |
– संक्रमण कम भएका जिल्लामा लामोदुरीका यातायात संचालन गर्ने |
– सहरमा बस्न गाह्रो भएका व्यक्तिहरुलाई आफ्नो घरमा गएर खेतीपाती गरेर खाने बाताबरण निर्माण गर्ने |
– ठूला बस मापदण्ड पुरा गरेर संचालन गर्ने | माइक्रोबसलाई एम्बुलेन्सको रुपमा र टेम्पुलाई सामान बोक्ने गरि सुचारु गर्ने |
– चाडपर्वको लागि भीडभाड नहुने वातावरण निर्माण गर्ने |
– अस्पतालका क्षमता बढाउने | जनताको पहुँच बढाउने |
– सुशाशान, मितव्ययिता, जिम्मेवार र पारदर्शी किसिमले कार्य सम्पादन गर्ने |
– जनताको जीवन र जीविका बचाउने सरकारको दायित्व हो |
– जनताको मनोबल बढाउने, मनोपरामर्श सेवा प्रदान गर्ने तथा देशलाई नै उत्साहको मार्गमा अग्रसर गराउने |
नागरिकले गर्नुपर्ने काम :
.
– ६५ बर्ष नाघेका, दीर्घरोगको औषधि सेवन गरिरहेका तथा बालबालिका घरमै बस्ने | सकभर घरभित्र पनि घुलमिल नभएर बस्ने |
– सक्रिय उमेरका व्यक्तिहरु काममा निस्किने | घरबाहिर जाँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने | सकेसम्म हरेक ठाउँमा २ मिटरको दुरी पालना गर्ने | साबुनपानीले हात धोइरहने | साबुनपानी नभए स्यानिटाइजरले हात सफा गर्ने | भीडभाड नगर्ने |
– घरमा आएपछि कपडा, मास्क, चस्मा, झोला, पंजा आदि घरबाहिर राखेर तथा नुहाएर मात्र परिवारमा घुलमिल हुने |
– आफु, आफ्नो परिवार र समाजलाई रोग लाग्न नदिन हरसम्भव प्रयत्न गर्ने |
– हल्ला, भ्रम तथा सनसनीपूर्ण कुराको विश्वास नगर्ने | आधिकारिक निकाय तथा स्वास्थ्यकर्मीको सल्लाह विश्वास गर्ने |
– पुरानो कामबाट बिस्थापित वा बेरोजगार भएमा कृषि, पशुपंक्षी पालन, गाउँको उत्पादन बजारमा ल्याएर बिक्रि गर्ने आदि नयाँ र कम जोखिमयुक्त काम अपनाउने |
– समाजमा एकले अर्कोलाई सहयोग गर्ने |
– जुन ठाउँमा आफुलाई सजिलो, सुरक्षित र रोजगारीको अवसर मिल्छ, त्यहि ठाउँमा बस्ने |
– धेरै डर नमान्ने, निरास नहुने | सबै सतर्क भयौं भने यो अवस्था नियन्त्रणमा आउँछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब