दम्पत्ति : सम्झौता होइन समझदारी



डा. गोविन्दशरण उपाध्याय ।

विवाहपछि पतिपत्नीका रूपमा कुराहरू एकआपसमा लेनदेन गर्नुपर्छ | केही छोड्नुपर्ने हुन्छ केही जीवनमा अपनाउनु पर्ने हुन्छ | पतिपत्नीको सम्बन्ध सम्झौताको होइन समझदारीको हो | सम्झौताको आयु हुन्छ तर समझदारी पूर्वक स्वीकार गरिएको जिम्मेदारी सधैंका लागि हुन्छ |
आजभोली प्रेम-विवाहको हावा बगेको छ | एकअर्कालाई बुझेर मात्र विवाह सम्बन्ध गाँस्नुपर्छ भन्ने समूहको बर्चश्व बढ्दै छ | मागी विवाह होस् अथवा प्रेम विवाह दूवै परिस्थितिमा विवाहपछि लोग्नेको परिवारमा जाने” प्रचलन विश्वभरी हटेको छैन | पश्चिमाहरू विवाहपछि आफ्नै घरमा जान्छन् | नेपालमा यो अवस्था विकास भैसकेको छैन |

जव विवाह हुन्छ, पतिपत्नीको भूमिकाका रूपमा जीवनशैली परिवर्तन हुन्छ | पत्नीले पतिका लागि र पतिले पत्नीका लागि समझदारी स्वीकार गर्नुपर्छ | साथै फरकफरक घर-परिवेशबाट पतिपत्नीको नयाँ परिवेश स्वीकार गरेको हुँदा आफुलाई परिवर्तित भूमिकाका लागि अभ्यस्त गर्नुपर्छ |

पति होस् वा पत्नी दूवै पूर्ण (perfect) हुँदैनन् न उनीहरू कुरा नबुझ्ने बुद्धु नै (fool) नै हुन्छन् | तेसैले एकआपसमा प्रेरक (Motivator), सूचक (informer) बाचक (speaker) दर्शक (Listener), शिक्षक (educator) ) र गुरुको (Mother) भूमिका स्वीकार गरेर एकअर्कालाई सहयोग गर्नुपर्छ | यही समझदारी हो |

नयाँ ठाउँ र व्यक्तिहरूसंग एडजस्ट गर्न गारो हुन्छ तेस्तो अवस्थामा प्रेरणा दिनुपर्छ | व्यक्ति, समय, परिवेश, अभिरुचिहरूका विषयमा ठीकठीक सूचना आदानप्रदान गर्नुपर्छ | तेस्तै आहार र व्यबहारमा बोल्न नसक्ने हुन सक्छ एस्तो अवस्थामा आफु उभिएर बोल्न प्रेरित गर्नुपर्छ | तेतिमात्र होइन धैर्यतापूर्वक अर्काको कुरा सुन्ने र नजानेको नबुझेको कुरा सिकाउने शिक्षक पनि बन्नुपर्छ | अन्तत: आमाझैं कोमल र सहज बातावरण सृजना गरेर एकआपसको समझदारीलाई प्रेमिल बनाउनुपर्छ |

सबैभन्दा महत्वपूर्ण कुरा समझदारी हो | माथिल्ला छबटा भूमिकामा आफुलाई उभ्याउने र सहयोगी भावना तथा सम्मानका साथ एकअर्काको ख्याल राख्ने हो भने पतिपत्नीले आफ्नो घर, परिवार र समाजलाई स्वर्ग बनाउँछन् |

सधैं एकआपसमा होच्याउने, सूचनाहरू आदानप्रदान नगर्ने, बोल्दै नबोल्ने, अर्काको कुरा सुन्दै नसुन्ने, नयाँ वा नजानेको कुरा सिकाउँन नखोज्ने सिकाउँन भन्दा विगार्न रुचाउने र अभिभावक भएर पनि शत्रुको जस्तो व्यबहार गर्ने पतिपत्नीको आपसी व्यबहार चल्दैन |
कुन व्यबहार पतिपत्नीका लागि उपयुक्त हुन्छ, आफै विचार गर्नुस् | म त पहिलोको पक्षमा छु र आफुलाई रुपान्तरित गर्न तयार छु | तपाईं नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माइक्रोबस र टिपर ठोक्किँदा चितवनमा १३ जना घाइते, दुईको अवस्था गम्भीर

मुग्लिन (चितवन) । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका

बेलायती प्रधानमन्त्री सुनकद्वारा द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्

पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसति आठ जना पक्राउ

काठमाडौँ । भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ