यसरी गर्न सकिन्छ कोरोना महामारीको छिट्टै नियन्त्रण



काठमाडौं । एक जना जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डले कोरोना संक्रमण बढ्दै गइरहेका बेला त्यसबाट बच्ने उपाय सुझाएका छन् ।

सामाजिक संजालमार्फत कोरोनाबाट जोगिने उपायकाबारेमा जनचेतना जगाउँदै आएका डा. पाण्डेले नागरिक अनुशासित भए कोरोना संक्रमण नियन्त्रणमा आउने उल्लेख गरेका छन् ।

उनले घरबाहिर जाँदा सबैले सही तरिकाले अनिवार्यरुपमा मास्क लगाउने, जहाँ पनि ६ फिटको दुरी कायम गर्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्नेजस्ता काम सबै नागरिकले अनुशासित भएर पालना गरेमा कहिल्यै लकडाउन नहुने र महामारी पनि छिट्टै नियन्त्रण हुने बताएका छन् ।
डा. पाण्डेका यस्ता छन् सुझाव

घरबाहिर जाँदा सबैले सहि तरिकाले अनिबार्यरुपमा मास्क लगाउने, जहाँ पनि ६ फिटको दुरी कायम गर्ने, हात सफा गरिरहने, भीडभाडमा नजाने तथा खुला ठाउँमा बसेर कुराकानी गर्नेजस्ता काम सबै नागरिकले अनुशाशित भएर पालना गर्यौं भने –
– कहिल्यै लकडाउन हुँदैन |
– कहिल्यै निषेधाज्ञा हुँदैन |
– अस्पतालमा भर्ना हुनुपर्दैन |
– आइसीयुमा पुग्नु पर्दैन |
– भेन्टिलेटरमा जानु पर्दैन |
– कोभिड्को कारण मृत्यु हुँदैन |
– हाम्रा काम तथा ब्यबसाय चलिरहन्छन् |
– छोंटो समयमा महामारी नियन्त्रण हुन्छ |
– खोपको लागि चिन्तित हुनुपर्दैन |
– हाम्रो जीवन र जीविका दुवै बच्दछ |
– देशको अर्थतन्त्र धरासायी हुँदैन |
– जनजीवन पहिलेजस्तै सुचारु हुन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब