मेरो ईश्वर, मेरो विश्वास



डा. गोविन्दशरण उपाध्याय ।

ईश्वर छ कि छैन ? मैले अनुभव गरेको छैन तर मभित्र रहेको ईश्वरीय विश्वासले मलाई कसैले माया नगरे ईश्वरले माया गर्छ, कसैले अन्याय गरे ईश्वरले न्याय गर्छ र आफ्नै मन तथा कर्मले कसको कूभलो सोचे र गर्न तम्सिए मभित्रको ईश्वरले हस्तक्षेप गरेर मलाई पछि पछुताउनबाट रोक्छ |

मैले तपाईंलाई ईश्वर मान्न/नमान्न कर गर्दिन तर कसैले पनि मेरो चेतनामा रहेको, मलाई हरेक पल असल सोच्न, बोल्न र कर्म गर्न प्रेरित गर्ने र खराव कर्मबाट रोक्ने मेरो मनको ईश्वरप्रति शंका गरेको विनम्रता पूर्वक अस्वीकार गर्छु |

मेरो चेतना नै मेरो आफ्नो परिचय हो | मेरो चेतनालाई देखेर सबै मतिर उत्सुक हुन्छन् | मेरो चेतनाको लागि मेरो उत्तरदायित्व छ, मेरो चेतनाको धरातलीय ब्याख्यामा सम्पूर्ण र सबैभन्दा विश्वासिलो व्याख्याता म बाहेक हुनै सक्दैन | मैले तपाईंको अनुभूतिको सम्मान गर्छु तर तपाईंलाई मेरो अनुभूतिको आलोचना गर्ने अवकाश दिन सक्दिन |

मैले अनुभव गर्छु – यो चेतनाको सार हो | अनुभूतिको अर्थ केवल “मेरो हो” यो भौतिकवादीहरूको सार हो | जव मैले समग्र चेतनाको अभ्यास गरिरहेको छु र मेरो तेसमा तीब्रतर विकास भइरहेको छ भने म कार्लमार्क्स वा ज्याँपाल सत्रको अनुभूतिमा किन फर्कु ? मैले मेरो अन्त:प्रज्ञामा सुखद स्नान गर्दा यदि कसैलाई विश्वास हुन्छ भने तेसको जिम्मा मैले ग्रहण गर्न सक्दिन | आनन्दको मेरो अनुभवमा हस्तक्षेप अस्वीकार्य हुन्छ | विश्वास गर्नुस्, मैले “तपाईंको अनुभूतिमा” प्रश्न चिन्ह लगाउने छैन |

भौतिक शरीर अन्नपानीले चल्छ | आंशिकरुपमा भौतिक तत्व आपूर्ति हुँदा जीवनी शक्ति अर्थात् उर्जा (क्रियाशक्ति) सक्रिय हुन्छ शरीरमा उर्जा सक्रिय भएपछि| आंशिक रुपमा शरीर र मन सक्रिय हुन्छ | मनको सक्रियताले बुद्धिले विकल्पमा अभिप्रेरित हुन्छ | बुद्धिसंग तलतिर फर्कने र उच्चतरतहतिर अग्रसर हुने स्वतन्त्रता हुन्छ | उच्चतर स्वतन्त्रता रोज्ने बुद्धिले आध्यात्मिक चेतनामा प्रवेश गर्छ, बुद्धिमा रमाउनेहरू बुद्धिको सीमामा रहेर तेसैलाई सर्वोत्तम अनुभूतिका रूपमा व्याख्या गर्छन् | तर मेरो बुद्धिले मेरो अन्तप्रज्ञाभित्र रहेक अनन्त तथा समग्र चेतनाको अमृतमय आनन्द अनुभूति गरिसकेको छ | म अव फर्कन सक्दिन |

बरू म आग्रह गर्छु, मेरो आध्यात्मिक चेतनाको सुखसंग एकाकार गर | हाम्रा आराध्यदेव महादेवको अर्धनारिश्वर स्वरूपसंग आफ्नो चेतनासंग तुलना गर | ठूलो आनन्द प्राप्त गरेपछि मान्छे निम्नतहको आनन्दमा फर्किन चाहन्न | म एत्ति भन्छु, तपाईंले पनि मैले जस्तै आनन्दको अनुभूति गर्नुस् | आनन्दबाट अभिषिक्त हुनुहोस् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी

  ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको

काठमाडौँ–तराइ द्रुतमार्गअन्तर्गत एक हजार ६ सय ३३ मिटरको लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’

  काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक हुने भएको छ । बिहीबार