‘आफ्नो वैदिक सनातन धर्म रक्षाका लागि आफूलाई नै होम्ने बटुकहरूको तुलना कसैसँग हुनै सक्दैन’



डा. गोविन्दशरण उपाध्याय ।
अभिभावहरूको सम्मान गर्छु, जसले स्वेच्छाले आफ्ना बालबालिकालाई आफ्ना पूर्वज ऋषिमुनिहरूले स्थापित गरेका संस्कार तथा विद्याहरू सिक्न प्रेरित गरिरहेका छन् | हामी सबैलाई थाहा छ, अभिभावकहरूको भूमिकाले बालबालिका भविष्यमा के बन्दैछन् भन्ने निर्धारित हुन्छ | वैदिक संस्कृति र संस्कारहरूप्रति समर्पित अभिभावकहरूको दुरदृष्टि तथा स्वधर्मप्रतिको समर्पणका लागि वैदिक सभ्यता अनुयायी, शुभचिन्तक तथा अभियन्ताहरू अनुग्रहित हुनुपर्छ |

नमन गर्छु ती बालबालिकाहरूलाई जसले आफैलाई आफ्नो मौलिक वैदिक संस्कार र सभ्यताको निरन्तरताका लागि आफुलाई समर्पण गरेर वैदिक सभ्यताका विनम्र संवाहक बन्दैछन् | हरेक बालबालिका काँचो माटो सरह हुन्छन् | आधुनिकताको अन्धो दौडप्रति निरपेक्ष रहेर दैनिक स्नान, सन्ध्यावन्दन, अध्ययन, स्वाध्यायान र संस्कार सिक्ने निर्णय गर्नुभएकोमा हार्दिक बधाई दिन चाहन्छु | अरूले के गरे, त्यो महत्वपूर्ण होइन तपाईंले गुरुकुल शिक्षाको जुन निर्णय गर्नुभएको छ, तपाईंहरूप्रति समाज सधैं ऋणी रहने छ | तपाईंको यो निर्णयले समाज उपकृत रहने छ |
नमन गर्छु ती गुरूजनहरूलाई जसले आफु योग्य हुँदाहुँदै पनि निम्नतम सुविधा अथवा पूर्णतया स्वयंसेवकका रूपमा शिक्षण गर्दै रिशिकल्प जीवन व्यतीत गरिरहनु भएको छ | हुन त तथाकथित अंग्रेजी पढेर विद्वान भइन्छ भन्ने पूर्वाग्रहको रोगले च्याप्दै गएको नेपाली समाजले यी विद्वानहरूको त्याग, तपस्या समर्पणको महत्व बुझ्न सक्दैन र चाहंदैन तर संस्कृत पढेको भनेर अपहेलित दृष्टिकोणले हेर्छ | तर यी सबै थोकको पर्वाह नगरी स्वधर्मको रक्षा र निरन्तरताका लागि न्यूनतम सुविधा वा आफ्नै खर्चमा संस्कार सिकाउने गुरूहरूप्रति वैदिक सभ्यता संस्कृति सधैं कृतज्ञ रहने छ | तपाईंहरूको ऋषिकल्प जीवनले वैदिक सभ्यताले जीवन प्राप्त गरिरहेको छ र हामी सबैले आफुलाई वैदिक सनातनी भनेर गर्व गर्ने अवसर प्राप्त गरिरहेका छौँ |

सम्मान गर्छु ती संयोजक (गुरूकुल संचालक, स्वामी, गुरू, संचालक) जसले निस्वार्थ रूपमा स्वधर्म, संस्कृति तथा संस्कार शिक्षाको लागि विद्यालय, पाठशाला, गुरुकुल जस्तो विद्याश्रम खोलेर, तेसको संचालन गर्ने गहन अभिभारा वहन गर्दै आर्थिक, मानसिक तथा भौतिक दुखहरू स्वेच्छाले स्वीकार गरिरहनु भएको छ | विदेशी प्रतिमानहरूलाई आफ्नो मार्गनिर्देशक ठान्ने र तेसैलाई देश र जनतामा लाद्दा गर्व गर्ने (अ) राजनैतिक नेतृत्व, तेसै राजनीतिका वरिपरी परिक्रमा गरेर आफ्नो उन्नति गर्ने बौद्धिक जमात र पैसाको लागि मरिहत्ते गर्ने सामाजिक मनोविज्ञानको असजिलो अवस्थामा आफ्नो समय, धन र क्षमता दान दिंदै मूठीदानसहितका अनेकौं उपायहरू अबलम्वन गर्ने र निजि सुखहरू संस्कृति तथा संस्कारहरूको रक्षाका लागि समर्पित गर्नेहरू प्रति समाज नतमस्तक हुन्छ | तपाईंहरू वैदिक समाजका वास्तविक रोलमोडेल हुनुहुन्छ | हामी सबै तपाईंहरूप्रति गर्व र श्रद्धा गर्छौं |

प्रणाम गर्छु ती दाताहरूलाई जसले भित्री मनबाट नै स्वधर्म, संस्कारको लागि आफुले आर्जन गरेको धन गुरुकुल संचालनका लागि समर्पित गरिरहेका छन् | धर्म, अर्थ, काम तथा मोक्ष वैदिक सनातन धर्मका प्रमुख लक्ष हुन् | आधुनिकताको अन्धो अनुकरण रiअनुसरणबाट मुक्त भएर स्वधर्म, संस्कृतिको निरन्तरता सुनिश्चित गर्न आफ्नो आयबाट केही अंश दान गर्ने दाताहरू निश्चय नै अनुकरणयोग्य छन् | पैसा धेरैले कमाउँछन् तर भौतिक तथा पारमार्थिक पुण्य प्राप्त गर्दै स्वधर्म रक्षाका लागि उदारतापूर्वक दान दिने हरेक व्यक्तिप्रति युग ऋणी छ | रक्सीको जमानामा बटुकहरूलाई सहयोग गर्नेहरू साहसी हुन् तेस्ता साहसीहरूप्रति विनम्रता प्रकट गर्छु | तपाईंले विदेशी सभ्यताको अन्धो अनुकरण गर्ने अनुदारदाताहरूलाई ऐना देखाउनु भएको छ |

हामी सबै मिलेर यी बटुकहरूप्रति सम्मान र सहयोग व्यक्त गर्नुपर्छ किनभने भविष्यमा वैदिक संस्कृतिका संवाहक यिनै हुन् | यी बटुकहरूनै हुन् जसले भविष्यमा वैदिक संस्कृतिको संवाहन गर्ने र पुस्तान्तरण गर्ने छन् | अंग्रेजी पढ्नु राम्रो कुरा हो, विज्ञान पढ्नु असल कुरा हो | नयाँ-नयाँ ज्ञान प्राप्त गर्नु धेरै राम्रो हो तर यो सबै बीच आफ्नो वैदिक सनातन धर्मको रक्षाको लागि आफुलाई नै होम्ने बटुकहरूको तुलना कसैसंग हुनै सक्दैन | यी बटुकहरू, बटुकहरुलाई धर्मको तत्व सिकाउने गुरूवर्गहरू, गुरुकुललाई भौतिक अस्तित्वमा ल्याएर बटुक र गुरुको मिलन गराउने संचालक र संयोजकहरू र ती सबै दाताहरू जसको उदारताले धर्मसंरक्षणको महान् यज्ञ फलिभूत भएको छ, सबैमा हार्दिक बधाई छ किनभने तपाईंहरूको त्यागले हामी गतिशील छौँ | वैदिक संस्कृति गतिशील छ – कालिगण्डकी झैं जीवन्त छ |

त्यो ज्ञान, ती विद्वान, ती राजनैतिज्ञहरूमा धिक्कार व्यक्त गर्छु जसले यी वैदिक सभ्यताका संवाहक तथा निर्दोष बटुकहरूमा शोषण, पाश्चगामिता, भेदभावको आरोप लगाउंदै डलरको खेती गर्छन् र संसारको प्राचीनतम सभ्यताको विनाश गर्ने कारक बनिरहेका छन् | वैदिकहरूको त्याग, तपस्या र ऋषिकल्प जीवनशैलीमा सुरक्षित हाम्रो aसनातन संस्कृतिको विकास र उदारता देखेर उनीहरू पनि एक दिन तपाईंप्रति नतमस्तक हुने छन् | आफ्नो अनुदारता र नक्कली अनुकरणका लागि क्षमा माग्ने छन्, आफ्ना कर्मका लागि प्रायश्चित्त गर्दै वैदिक संस्कृतिको अंग बन्न याचना गर्ने छन् | तेसैले बटुकहरूप्रति आफ्नो नैसर्गिक कर्तव्य पुरा गरौँ | आफ्नो घर/वासस्थल निकट रहेको वा आफ्नो पहुँच भएको गुरुकुललाई मदत गरौँ |

अन्त्यमा, हामीले गौरव गर्नुपर्छ कि गुरुकुल, वेदविद्याश्रम वा निजिविद्यालयहरू जसले वैदिक संस्कारको शिक्षा प्रदान गरिरहनुभएको उहाँले भविष्यमा वैश्विक दृष्ट्रिकोण भएका “बसुधैव कुतुम्वकम्” नागरिक र शिक्षकहरू निर्माण गर्दैछौँ | विश्वको भविष्य वैदिक संस्कृतिको विकास, प्रसारण तथा स्थापनामा निहित छ | धर्मका नाममा एकल संस्कृति फैलाउने (धर्मपरिवर्तन गराउने)हरूलाई परास्त गर्न यी बटुकहरू नै अर्जुनबाण हुन् | सबै मिलेर सहयोग गरौँ | विश्वलाई सभ्य तथा मानवतावादको वास्तविक पथमा अग्रसरता स्वीकार गरौँ |
बटुकहरूको जयहोस् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार