तीज र प्रगतिशील रोदन



डा. गोविन्दशरण उपाध्याय ।
तीजका ब्रतालु, श्रद्धालु, शुभचिन्तक तथा प्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु भने भित्रभित्र तीजको ब्रत पनि बस्ने तर वाहिर तीजको विरोध गर्ने तथा आफ्नो परिवार तोडेर भए पनि तीजको बिरोध गरेर आधुनिक र प्रगतिशील बनेर चर्चामा रहने “आधुनिक नारी”हरूमा पनि पुन: हरितालिका तीजकै शुभकामना व्यक्त गर्छु | मैले भन्नुपर्छ मूसाई र विकासवादीहरूको लागि तीजजस्ता पर्वहरू मानसिक तनाव बनेर उपस्थित हुन्छन्, भगवानले पचाउने शक्ति प्रदान गरूँन् |

जिसस क्राइस्ट, मोहम्मद, माओआदिको फोटो राखेर तिनको गोडा ढोग्दै तीजका गीत गाउँने हो भने बल्ल “प्रगतिशील” हुन्थ्यो | नेपालका मौलिक संस्कृति र सभ्यतालाई धर्मनिरपेक्षताका नाममा बलि चढाएर कस्तो नेपाल बनाउन खोजेको हो भन्ने सबैले बुझेका छौं | जिसस, मोहम्मद र मार्क्सका बौद्धिक दासदासीहरू पैतालाको शक्ति लगाएर तीजको पर्वलाई दुरुत्साहन गर्न लागिरहेका छन् | हिन्दू महिलाहरूको अध्यात्मिक, सामाजिक र सांस्कृतिक पर्वको निन्दा गरेर डलर सुरक्षित गर्ने दाउँमा छन् भन्न असजिलो लाग्छ |

यी मुसाईका मानसपुत्र तथा पुत्रिहरूका लागि गाउँका गाउँलाई प्रलोभन, दण्ड, भेदआदिको प्रयोग गरेर आफ्नो मौलिकताबाट अलग गरिंदा मन दुख्दैन, शिव र बौद्ध मन्दिरहरू आलुको गोदाममा रुपान्तरित हुँदा मन अमिलो हुँदैन, जिसस क्राइस्टको भक्ति गर्दौ नेपालको झण्डा जलाउने र आफ्नै छिमेकीलाई शरणार्थी भनेर गालीगलौज गरेका गीतहरू सुनेर मन दुख्दैन न यी अधिकारवादीहरूको मन मुस्लिम बालिकाहरूमा जवर्जस्ती खताना गर्दा मन दुख्छ तर हिन्दू महिलाहरूले आफ्नो मौलिक चाडवाड मनाउन लाग्दा मुटु चिरिन्छ | आफ्ना अन्नदाताहरूलाई खुसी पार्न नाइटोको बल निकालेर “पितृसत्तात्मक” सत्ताको रिपोर्ट गर्छन् |

सबै अधिकारवादी महिला वा पुरुषहरूलाई एकै घानमा हाल्न मिल्दैन | केही स्वधर्म, संस्कृति तथा सभ्यताका पक्षधरहरूले अनवरत रूपमा नेपाली संस्कृतिलाई वैश्विकतहमा चिनाउँन अनवरत प्रयत्न गरिरहेका छन् | एस्ता अधिकारवादीहरू एकातिर आफ्नै समाजमा रहेका छुवाछुतजस्ता कू-संस्कार विरुद्ध निरन्तर सङ्घर्ष गरिरहेका छन् भने अर्कोतिर तीज, तिहार, चण्डीनाच, फागुपूर्णिमाजस्ता मौलिक पर्वहरूको प्रवर्धन गर्न लागि रहेका छन् | ती प्रति सम्मान व्यक्त गर्नु र तिनका लागि प्रगति तथा सफलताको कामना गर्नु हामी सबैको कर्तव्य छन् |
तीजको विरोध गर्नेहरूसंग नेपाली जनताले प्रश्न गर्छन् रक्सीको विज्ञापनमा नग्न भएर फोटो खिचेर फोटो खिचाउने र रक्सी निर्माता बाहेक कसलाई फाइदा हुन्छ ? सुन्दरी प्रतियोगिता गरेर शरीरको विज्ञापन गरेर कस्तो प्रगतिशील नारीवादको विकास हुन्छ ? एउटी महिलाले यदि आफ्नो लोग्नेको सुस्वास्थको लागि तीजको निराहार रहेर ब्रत बस्दा रक्सीको विक्री कम हुने र शरीर प्रदर्शनीको व्यापारमा मन्दी आउने भएको पीडा त होइन ? मन मिल्छ र एकआपसमा सहमति बन्छ भने लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेका गोडाको पानी पिउन स्वत्रन्त्र छन् | जवर्जस्ती लादिनु अपराध हो तर आधुनिकताको नाममा परम्परागतरूपमा मान्दै आएको तीजको विरोध गर्नु वा तिजालुहरूमा तीजप्रति भ्रमको खेतीपाती गर्नु झन् अपराध हो |

सबैलाई नभनौ, डलरको नशामा नेपाली संस्कृतिले आर्जन गरेको गौरवलाई धुमिल पार्ने नारीवादीहरूले परम्परामा रमेर भौतिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाभ गर्ने साधारण नेपाली महिलाहरूको खुसी पच्दैन | आधुनिकताका नाममा अधिकारवादको खेतीपाती नेपाली महिलाहरूले बुझेको कुरा हो | सुधार्नु पर्ने धेरै होलान् तर अधिकारवादको नाममा विदेशी सम्प्रभूता र दासत्व कदाचिद नेपाली समाजले अस्वीकार गर्ने छ |

“प्रगतिशीलता”को अर्थ रक्सी, यौनाचार र पतिपत्नीका बीच पारचुकेका लागि सङ्घर्ष र आमाबुवाको लागि वृद्धाश्रम सुनिश्चित गर्ने बाटोतिर लाग्नु हो भने आफैलाई धिक्कार भन्नु वाहेक के नै रहन्छ | सुधार्ने विषयवस्तुलाई सुधारदै जानुपर्छ | हिन्दू संस्कृति प्रवाहशील छ | यसमा इसाई-मुसाईजस्तो कठमुल्लापन छैन | आफ्नो इतिहासप्रति गौरव गर्न नसक्ने, सधैं विदेशीहरूको दलाली गर्ने र आफ्नो र अरूको घर भाड्नेहरूसंग सचेत बनौं |

व्यक्ति-व्यक्तिबाट समाजको निर्माण हुन्छ | समाजका रितिरिवाजले संस्कृतिको निर्माण हुन्छ र संस्कृतिले सभ्यताको निर्माण हुन्छ | मान्छे जुन संस्कृति र सभ्यतामा हुर्किन्छ, तेसैबाट उसको व्यक्तित्व, चिन्तन तथा जीवनशैली निर्मित भएको हुन्छ | नेपाली भूगोल, जीवनशैली र आवश्यकताका आधारमा नेपाली समाजमा तीजको विकास भएको हो | अमेरिकाका विकासेहरूले विश्वनारी दिवसको कल्पना गरे होलान्, फाइभस्टारमा त्यो मनाइन्छ पनि तर नेपाली महिलाहरूका लागि तीज नै विश्वमहिला दिवस हो |

विकृति, अन्धविश्वास, कुरीति नभएको समाज हुँदैन | नेपाली समाज पनि पूर्णत अछुतो छैन | तर वैदिक संस्कृतिले जतिधेरै महिला, बालबालिका तथा व्यक्तिगत रूपमा रमाइलो गर्न पाउने, सामुहिकरुपमा रमाउने तथा एकआपसमा खुसी बाँड्ने अवसर दिएको cहह, विश्वको कुनै पनि समाजमा तेस्तो छैन | इसाई संस्कृतमा हुर्केका गोरेहरूकाले सन् १७०० पछि मात्र रमाइलो गर्न विद्रोह गरेका हुन् | मुस्लिम समाज आज नारीलाई वस्तु ठान्छ | विदेशीहरूको नक्कल गरेर उनीहरूलाई खुसी पार्न र डलर झार्ने सपना बुन्नेहरूका लागि हरेक बर्षझैं नेपाली महिलाहरूले तीजमा सभागिता जनाएर जवाफ दिने छन् भन्ने कुरामा मलाई कुनै शंका छैन |

समय r परिवेशअनुसार तीजका गीतहरूमा विविधता आउनु अत्यन्त स्वाभाविक हो | म केटाकेटी हुँदा हाम्रा आमाहरू वेलुकाको घरधन्दा सकेर तीजको गीत गाउँन जान्थे/आउंथे | तेसवेलाका समस्याहरू र परिवेश फरक भएकोले तीजका बोलहरू फरक हुन्थे | ६० वर्ष पुरानो परिवेश खोजेर आधुनिक शैलीको तीजलाई म कलंकित गर्न सक्दिन तर महिलाहरूको चाडमा पुरुषहरू घुसेका गीतहरूका दर्शक भन्दा विशुद्ध महिलाहरूले गएका गीतहरू बढी लोकप्रिय छन् भन्ने तत्थ्य युट्युव हेरेर थाहा पाइन्छ |

महिलाहरूको निजत्वको सम्मान गर्ने नेपाली चाडलाई “महिला विरोधी, दासत्व, पुरुषको हैकम”का प्रतिकका रूपमा बुझ्ने र देख्ने अधिकारवादीहरू वैदिक संस्कृतिको विरोध गरेर पेट भर्ने वा क्रान्तिकारिता देखाएर चर्चामा रहने मानसिक रोगबाट ग्रस्त व्यक्ति हुन् | मैले बोल्नै पर्दैन, हरेक वर्ष तीजको लोकप्रियता बढ्दो छ, सभागिता पनि बढ्दो छ | यही लोकप्रियताले डलरवादीहरूलाई जवाफ दिइरहेको छ | तर केवल आलोचना गरेर सामाजिक संस्कृति विस्थापित गर्ने चाहना बोक्नेहरू विरुद्ध भद्र-अवज्ञा त गर्नैपर्छ |

दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ। ऋषिपञ्चमी भने मध्यान्हकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ। जसले जे भने पनि नेपालीहरूले तीजको उत्सव आफ्नो परम्पराअनुसार मान्ने मनाउने नै छन् | तीजको सांस्कृतिक पर्वको अवसरमा समस्त ब्रतालु, श्रद्धालु तथा प्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु |

तीज नेपाली महिलाहरूको मौलिक पर्व हो, रहरले मनाऔं | आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यको ख्याल राख्दै, धर्मनिरपेक्षताको फोहोरी प्रपंचलाई दरकिनार गर्दै, कोरोनाबाट जोगिने सबै उपायहरू पालन गर्दै तीज मनाऔं |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।