पर्साको पोखरियाका ३३ जनामा कोरोना संक्रमण



वीरगंज । पर्साको पोखरियाका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरियाका मेयर दीपनारायण रौनियार, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिएका छन् । त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा संक्रमण पुष्टि भएको छ ।

उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो । सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा संक्रमण देखिएको छ । त्यहाँ साउन २६ मा स्वाब संकलन गरिएको थियो । साउनमा मात्र जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले

हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को

भदौमा भित्रियो दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब

चर्कियो पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको विवाद

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ