चितवनका थप २७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । चितवनका थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २७ र सर्लाही एक महिलामा गरी थप २८ जनामा कोरोना पुष्टि भएको हो । भरतपुर अस्पतालका अनुसार संक्रमित हुनेहरुमा भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएकोमा भरतपुर महानगरपालिका वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० पुरुष र ११ महिला गरी थप २१ जना रहेका छन् । त्यस्तै रत्ननगर नगरपालिका वडा नं ५ र १२ का क्वारेन्टिनमा रहेका ३ पुरुष र १ महिला रहेका छन् ।

यसैगरी शनिबार नै गरिएको परीक्षणमा खैरहनी नगरपालिका–८ का क्वारेन्टिनमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएका सर्लाहीकी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । शनिबार ४७४ नमुना परीक्षण मध्य ४४६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय