थप ५२५ जनामा कोरोना संक्रमण, १०९ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १११, भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९,८५९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४,७६९ जना छन् । त्यस्तै होम क्वारेन्टाइनमा ४६६ जना रहेका मन्त्रालयले जनाएको छ ।

आइसोलेसनमा ८,०२५ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप १०९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६,८३७ पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या २४,९५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि