पर्साका थप ५२ जनामा कोरोना संक्रमण पुष्टि



वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ ।

शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र सर्वसाधरण गरि २५ जना छन् ।
यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ६ जना , वडा नम्बर ११ र १६ का ४/४ जना , वडा नम्बर १२ का २ जना , वडा नम्बर ३ ,४, ७ , ९ का १/१ जनामा पनि शनिबार बिहान संक्रमण पुष्टि भएको हो ।

पर्साकै छिपहरमाइ गाँउपालिका ५ भिस्वाका २ जना, बिन्दवासिनी गाँउपालिका ३ का १ जना र वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत ३२ वर्षका १ जना सेनामा पनि संक्रमण भेटिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन