काठमाडौंमा ७६ सहित थप ३६० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार काठमाडौंका थप ७६, भक्तपुरका एक र ललितपुरका दश जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६,६२२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ९,४७० जना रहेका छन् । आइसोलेसनमा ६,२९६ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार निको भई थप २३३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५,३८९ पुगेको मन्त्रालयले जनाएको छ ।त्यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेरा पनि छोराछोरी छैनन्, सायद मैले समयमै बिहे नगरेर पनि होला’

-केपी शर्मा ओली । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली

आगामी दिनमा पूर्वराजालाई ‘श्री ५’ नलेख्ने शर्तमा ज्ञानेन्द्रका संवाद सचिव रिहा

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई आगामी दिनमा

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले