किन सिक्ने संस्कृत ?



डा.गोविन्दशरण उपाध्याय ।
संस्कृत निश्चय नै परिष्कृत भाषा हो तर विश्वका सबै ज्ञान केवल संस्कृतभाषाका पुस्तकमा मात्र छन् भन्नु सत्य नभएझैं केवल अंग्रेजी वा अन्य अमुकभाषाको विकल्प छैन भन्नु अतिवाद हो | वास्तविकता के हो भने संस्कृतमा भएका धेरै ज्ञान अंग्रेजी वा अन्य भाषामा छैनन् भने अन्य भाषामा भएका धेरै ज्ञान संस्कृतमा छैनन् | यो अपूर्णता होइन, भाषाको प्राकृतिक सीमा हो |

मेरो अनुभवले भन्छ सर्वसाधारणको संस्कृत भाषाप्रति अभिरुचि बढेको छ तर उनीहरू विद्यालयतहमा आफ्ना बालबालिकाले संस्कृत सिक्नैपर्छ पर्छ भन्ने कुरामा अझैं आस्वस्त छैनन् | संस्कृत सिक्न, बुझ्न र जान्न चाहन्छन् किनभने यो हाम्रा पूर्खाको भाषा हो |

बालबालिकाहरूमा त झन् एस वारे जानकारी नै छैन | अहिले संस्कृतप्रतिको अज्ञानताका कारक म आफै र सरकारको अंग्रेजी मोह हो | हो, एस्तो अज्ञानता सृजित गर्ने जालोचाहिं उनीहरूले वुनेका हुन् |

हामीले संस्कृत अरूलाई सिकाउनुपर्छ र अन्य भाषाका सिकेर तेसका ज्ञानलाई संस्कृत वा नेपालीमा रुपान्तरित गर्नुपर्छ | वास्तवमा भाषा जसले सिक्छ, प्रयोग गर्छ, उसकैको हुन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहिलेको मुख्य समस्या भनेको प्राथमिकता सत्ता र गठबन्धन देखियो: सांसद बडू(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिक दलले चुनावी घोषणापत्रमा उल्लेख गरेको

खडेरीले बालीनाली खत्तम

झापा ।  झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्।

पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि…

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको

झापाका किसानलाई खरबुजाले दिएको खुसी

झापा । मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३