सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर १० जनाको मृत्यु



मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा गएराति खसेको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । एक जनाको जिवितै उद्धार गरि उपचारका लागि काठमाडौ पठाइएको छ । मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता भएका आठ जनाको शव फेला परेको छ । शव भेटिए पनि उनीहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए । पहिरोले पुरिएका भारत बेतीयाका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जिवितै उद्वार गरेको थियो । उनको थप उपचारका लागि काठमाडौं पठाइएको छ । सँगै सुतेका सबैको शव भेटिए पनि पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको गाउँपालकिा अध्यक्ष टासी लामाले जानकारी दिएका छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा

  काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन LIVE

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को

यस्तो छ दलहरुबीच संसदीय छानबिन समिति गठनमा भएको चार बुँदे सहमति(पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत रकम अपचलन छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको कार्यादलमा

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकद्वारा मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

  काठमाडौँ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र