‘वालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ सरकार अब अति भो !’
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना भाइरसको संक्रमण भूसको आगो सरी भित्रभित्रै फैलिरहेका बेला सरकार सत्ता राजनीतिको घिनलाग्दो खेलमा फसेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत थापाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
थापाले लेखेका छन्, ‘प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । वालुवाटार को पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँसरकार अब अति भो !’