बन्दाबन्दी अन्त्यपछि सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगरेको सरकारको निष्कर्ष



काठमाडौं । सरकारले आवश्यकता अनुसार पीसीआर परीक्षणको दायरा बढाउदै लैजाने निर्णय गरेको छ । बिहीबार कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले लकडाउन खुल्ला भएपछि सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगरेको निष्कर्ष निकाल्दै यसबाट बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पीसीआर परीक्षणको दायरा बढाउदै लैजाने निर्णय गरेको हो ।

बैठकले भाद्र १ गतेदेखि सुरु हुने सेवा सञ्चालनकोे मापदण्ड सम्बन्धित मन्त्रालयले तयार गर्ने र प्रवेश बिन्दुमा नै क्वारेन्टाइनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । केही दिनको परीक्षणको नजिताका आधारमा परिस्थितिको विश्लेषण गरि भावी रणनीति तयार गर्ने निर्णय बैठकले गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

उनले काठमाडौं भित्रिने नाकामा पीसीआर परीक्षण गर्दा संक्रमित भेटिएकाले यातायात तथा उपत्यकाभित्रको हालको व्यवस्था परिमार्जन गर्नुपर्ने देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको