केन्द्रीय समिति बैठकको माग गर्दै नेकपाका १५२ सदस्यले बुझाए हस्ताक्षर



काठमाडौं । सत्तारुढ नेकपाका १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टीभित्र देखापरेको विवादको निकास दिन नसकेको भन्दै कार्यालय सचिव श्रीराम ढकाललाई हस्ताक्षरसहितको पत्र बुझाएका हुन् । महासचिव नआएपछि उनीहरुले कार्यालय सचिवको जिम्मा लगाएर हिँडेको हस्ताक्षरकर्ताले बताएका छन् ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक किचलोमा परिणत भएपछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस भएको उनीहरुले बताएका छन् । स्थायी कमिटीले विवाद सल्टाउन नसकेपछि र आफैं विभाजित भएपछि समस्या समाधानका लागि केन्द्रीय कमिटी बैठकको माग गरिएको उनीहरूले बताएका छन् ।

नेकपाको विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटी बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक पन्ध्र दिनभित्र बोलाउनुपर्नेछ ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा बैठक बोलाउन ११० सदस्यको हस्ताक्षर आवश्यक पर्छ । नेकपाको केन्द्रीय कमिटीको बैठक गत माघ १५ देखि १९ गतेसम्म बसेको थियो । विधानको धारा ५९ (१) अनुसार केन्द्रीय कमिटीको बैठक ६ ६ महिनामा बस्नुपर्नेछ । अध्यादेश प्रकरणपछि वैशाख १० गते स्थायी कमिटीका २० जना सदस्यले बैठक माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेरा पनि छोराछोरी छैनन्, सायद मैले समयमै बिहे नगरेर पनि होला’

-केपी शर्मा ओली । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ । जनसङ्ख्या

कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ जनमुक्ति सेनाले गरेको सहयोग अतुलनीयः प्रधानसेनापति सिग्देल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल–सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली

आगामी दिनमा पूर्वराजालाई ‘श्री ५’ नलेख्ने शर्तमा ज्ञानेन्द्रका संवाद सचिव रिहा

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकलाई आगामी दिनमा

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्छुः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले