थप १३३ जनामा कोरोना संक्रमण, १०७ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३,९८७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइन १९,४४४ जना रेहका छन् भने आइसोलेसनमा सक्रिय सक्रमितको संख्या ५,३८३ रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार १०७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२,९४७ पुगेको छ ।