थप १४७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५,३५८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३,४८१ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा २०,०९८ रहेका छन् । आइसोलेसनमा सक्रिय संक्रमितको संख्या ५,३५८ रहेको छ । त्यस्तै बिहीबार १५६ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२,८४० पुगेको मन्त्रालयले जनाएको छ ।