किन चुलियो शीतलनिवासप्रति नागरिकको वितृष्णा ?



शरदराज पाठक ।

विश्व राजनीतिमा यस्ता कयौँ उदाहरण छन् जहाँ राष्ट्रपति, प्रधानमन्त्री जस्ता राज्यका उच्च पदको गरिमा ती पद सम्हिलेका व्यक्तिका कारण झनै उचो बनेको छ। दूर्भाग्यवश: हामीकहाँ त्यसको ठिक विपरित छ।

हाम्रा प्रधानमन्त्रीहरूबारे त के टिप्पणी गर्नु र? नागरिकको त्यत्रो ठूलो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको महत्वपूर्ण उपलब्धि राष्ट्रपति संस्थाको गरिमा जम्मा दुई जना व्यक्तिले यति छोटो समयमै यो हदसम्म गिराउने कल्पना कसले पो गरेको थियो होला? भलै त्यसमा हिस्सेदारीको मात्रा तलमाथि होला।

वर्तमान राष्ट्रपतिले नेकपाका नेताहरूबिचको अधिकार बाँडफाँडको विवादमा सार्वजनिक रूपमा पुरापुरा छताछुल्ल हुने गरी साक्षी बसेर गर्दै आउनुभएको अस्वभाविक र गैरसंवैधानिक कार्यले शीतलनिवासप्रतिको नागरिक वितृष्णा चुलिएको छ।

संविधानविद् विपिन अधिकारीले अलिक अगाडी भन्नुभएको याद आयो: ‘यो विवादको साक्षीका रूपमा सार्वजनिक बयान दिनुपर्ने अवस्था भयो भने त्यतिखेर राष्ट्रपति पदको गरिमा र ओज कति बाँकी रहला?’

अब भविष्यमा को त्यस्तो व्यक्तित्व कुन प्रकृयाबाट आउला जसले राष्ट्रपति संस्थाको खुइलिएको गरिमा उजेल्याउन सकोस्?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित