प्रधानमन्त्रीलाई रावलको प्रश्नः यही हो राम र अयोध्यावारे वहस गर्ने बेला ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्याकाबारेमा दिएको अभिव्यक्तिको पार्टी भित्रैबाट विरोध भएको छ । प्रधानमन्त्रीले अनावश्यक विषयमा टिप्पणी गरेको भन्दै उनको अभिव्यक्तिको विरोध भएको हो ।

नेकपाका नेता डा. भीम रावलले सीमा मिचिएको, तराईका बस्ती डुबानमा परेका एवं कालापानीबाट भारतीय फौज हट्नुपर्ने विषयमा कुरा गर्नुपर्नेमा अयोध्याबारे बहस गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘यो बेला सीमा क्षेत्र मिचिएको,तराईका वस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?

यो पनि

भारतको सर्वोच्च अदालतको फैसलालाई चुनौति दिने ओलीको बोली

‘अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो’

अब अयोध्या र लिम्पियाधुराको दाबी ‘उस्तै’ देखिने डर भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रास्वपाद्वारा सुदूरपश्चिमको नौ जिल्लामा जिल्ला समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ  जिल्लामा जिल्ला समिति गठन गरेको

अहिले संसद र अदालतबाटसमेत ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय

यस्ता छन् पुस ९ गतेको मन्त्रिपरिषद बैठकका १२ निर्णय

काठमाडौं । सरकारले अनुमति नलिई क्यासिनो सञ्चालन गर्नेलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसारको